काठमाण्डु, २९ चैत – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले मातहतका प्रहरी अधिकारीहरुलाई कानुनमा नझुक्न र नचुक्न निर्देशन दिएका छन् । आईजीपीको पदभार सम्हालेपछि बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा खनालले यस्तो निर्देशन दिएका हुन् ।खनालले मुलुकको शान्तिसुरक्षाको जिम्मेवारी कुशलतापूर्वक निभाउन निर्देशन दिँदै प्रहरी संगठनको विकासका लागि आफूले पहल गर्ने बताए ।खनालले भने, ‘संगठनको छवि धमिल्याउने काम भइरहेको छ।
अब भने त्यस्ता प्रहरीहरु संगठनमा अटाउन सक्दैनन् ।’महानिरीक्षक खनाल गुन्डागर्दी र तस्करको विरुद्धमा प्रहरी संगठनले काम गर्ने बताए । आईजीपी खनालले आजको ब्रिफिङमा अनौतिक आदेशमा काम गर्ने र नगराउन पनि भनेका छन् ।प्रहरी संगठन अब अनिर्णयको बन्दी नरहेको बताउँदै उनले इमान्दार र निष्ठावान प्रहरीको मूल्याङ्कन हुने दावी गरे । ‘उच्च तहका प्रहरीको सुविधा अब तल्लो तहका जवान सम्म पुर्याउने गरी काम गर्छु,’ उनले भने ।
उपत्यकाका ३ जिल्ला काठमाण्डु, लतिलपुर र भक्तपुरका प्रहरी निरीक्षकभन्दा माथिका दर्जालाई निर्देशन दिँदै खनालले प्रहरी देश र जनताकोे सुख–दुःखको साथी भएको बताए । दत्तचित्त भएर आफ्नो कर्तव्य निर्वाह गर्न प्रहरीले कसैसँग कानुनविपरित सम्झौता गर्न नहुने उनको भनाइ थियो ।खनालले आफ्नो नेतृत्वले संगठनलाई नयाँ गति दिने बताए । यसअघि खनालले आज नै प्रहरी हेडवार्टरको अवलोकनसमेत गरेका थिए ।
kathmandutoday