Thursday, October 29, 2020
Home > प्रवास > मलेसियाबाट एकै दिन यस्तो अवस्थामा ल्याइयो १६ नेपालीको श’व

मलेसियाबाट एकै दिन यस्तो अवस्थामा ल्याइयो १६ नेपालीको श’व

काठमाण्डौ – मलेसियाबाट आज एकै दिन १६ जना नेपालीको श’व ल्याइएको छ । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएकामध्ये १६ वटा श’व आज ल्याइएको हो । मलेसियाबाट घर फर्कने नेपाली लिन गएको नेपाल एअरलान्सको चार्टर्ड जहाजले २ सय ६२ जना यात्रु र १६ वटा श’व ल्याएको हो । यस्तै आजै मलेसियाबाट हिमालय एअरलाइन्सको चार्टर्ड जहाजबाट १५६ जना नेपाली पनि स्वदेश आइपुगेका छन् ।

कतार एअरवेजमार्फत दोहाबाट आज नै ७२ जना नेपाली स्वदेश आएका र १२७ जना यात्रु लिएर कतार एअरवेज फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।विमानस्थलका अनुसार, भोलि शनिबार नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कन गरी ९ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ ।

भोलि सिल्क एअर सिङ्गापुरबाट नेपाली लिएर आउनेछ भने जजिरा एअर कुवेतबाट आउँदै छ । हिमालय एअरलाइन्सको दुई जहाज मलेसियाको क्वालालाम्पुर र कुनमिङ् जाने र नेपाल एअरलाइन्सको एउटा जहाज पनि नेपाली लिन भोलि मलेसियाको क्वालालाम्पुर जाने तालिका रहेको छ । नेपाल एअरलाइन्सले कुवेत गएर त्यहाँ स’मस्यामा रहेका नेपालीहरु लिएर आउँदैछ ।

याे पनिः सज्जा चौलागाईं बनिन नेपाल आइडल बिजेता

काठमान्डौ , चर्चित रियालिटी शो नेपाल आइडल, तेश्रो, सिजनको बिजेता सज्जा चौलागाईं, बनेकी छन् ।काठमान्डौ , चर्चित रियालिटी शो नेपाल आइडल तेश्रो सिजनको बिजेता सज्जा चौलागाईं बनेकी छन् ।शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्। एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।

भिडियो हेर्न तल क्लिक गर्नुहाेस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!