Thursday, December 3, 2020
Home > समाचार > आजदेखि निषेधाज्ञा हटाउने, यो ठाउँमा सवारी साधनहरु निर्वाध चल्ने ! (सूचना सहित)

आजदेखि निषेधाज्ञा हटाउने, यो ठाउँमा सवारी साधनहरु निर्वाध चल्ने ! (सूचना सहित)

सुर्खेत । वीरेन्द्रनगरमा १२ दिनदेखि न्यूनीकरण गर्न जारी गरिएको निषेधाज्ञा सर्तसहित हटाइएको छ । भदौ एक गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि हटाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोभिड–१९ संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो । जिल्लामा निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमणको जोखिम रहेकोले केही शर्त भने कायमै रहको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

‘आज राति १२ बजेदेखि निषेधाज्ञा खुला गरिएको छ । तर केही शर्तभने लागू गरिएको छ,’ उनले भने ।

प्रजिअ रेग्मीका अनुसार नागरिकलाई मास्क लगाउने, भौतिक दुरी कायम गराउने र भिडभाड नियन्त्रण गर्नेतर्फ प्रशासन केन्द्रित हुनेछ ।प्रशासनले वीरेन्द्रनगरमा उपत्यकामा चल्ने सवारी साधनमा जोर/बिजोर प्रणाली लागू गर्ने बताएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ***

के-कस्ता छन् त सर्तहरु ???

अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने यो नियम लागू हुने छैन । यस्ता सवारीसाधनहरु अन्य दिनहरुमा जस्तै निर्वाध चल्न सक्नेछन् । त्यस्तै सैलुन र व्युटीपार्लर बाहेक अन्य पसलहरु विहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्न आहृवान गरेको छ ।

पसल खोल्दा सामाजिक दुरी र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिनु पर्नेछ । साँझ ७ बजेपछि सवारीसाधन चलाउँन पाइने छैन भने भेला, जुलुस, गोष्ठी, सेमिनार पूर्णरुपमा बन्द गरिएको प्रशासनले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!