Friday, October 23, 2020
Home > प्रवास > मकाउमा यस्तो हर्कत गरेपछि ११ नेपाली पक्राउ

मकाउमा यस्तो हर्कत गरेपछि ११ नेपाली पक्राउ

एजेन्सी । बैदेशिक रोजगारीका लागि होस् वा अध्ययनका लागि विदेश गएका नेपालीहरुले पनि गैरकानुनी काम गरेका कारण पक्राउ परेका थुप्रै उदाहरण छन् । नेपालमा बुवा आमाको सपना साकार पार्न विदेश जाने नेपाली युवा युवती त्यहाँ पनि नराम्रो काममा लाग्दा प्रहरीले पक्राउ गर्ने गरेका छन् । मकाउमा कार्यरत ती नेपाली कामदारहरूले गैरकानुनी काम गरेका कारण एकै पटक ११ जना नेपाली पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अ’श्लि’ल भिडियो सेयर गरेको आरोपमा ११ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सेक्युरिटी गा’र्डका रुपमा मकाउमा कार्यरत छन् । एक बच्चाको नराम्रो भिडियो सामाजिक सञ्जाल फेसवुकमा सेयर गरेको भन्दै प्रहरीकहाँ खबर पुगेपछि अनुसन्धान गर्दा नेपाली सो घटनामा संलग्न भएको देखिएको हो ।

मकाउमा मे र जुलाईमा फेसबुकमा बच्चाको नराम्रो भिडियो सार्वजनिक भएको थियो । बच्चाको पो(र्न भिडियो सेयर गरेका कारण उनीहरु प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

स्थानीय टेलिभिजन डी मकाउले सो भिडियो दुई मिनेट २९ सेकेन्डको रहेको जनाएको छ । एक बालिकाले पुरुषसंग गरेको कृयाकलापलाई भिडियोमा देखाइएको छ । उनीहरूले पैसा कमाउने उद्देश्यले नभई रमाइलोका लागि साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको प्रहरीलाई वयानमा भनेका छन् ।

एक बच्चाको नराम्रो भिडियो सामाजिक सञ्जाल फेसवुकमा सेयर गरेको भन्दै प्रहरीकहाँ खबर पुगेपछि अनुसन्धान गर्दा नेपाली सो घटनामा संलग्न भएको देखिएको हो । बिहान चार सुरक्षा कम्पनीहरूमा कार्यरत २१ देखि ३६ वर्षसम्मका ११ नेपाली सुरक्षा गा’र्डहरूलाई सोधपुछका लागि लगिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुको साथबाट ११ वटा स्मार्टफेन ज’फत गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये सात जनाले अ परा’ध गरेको स्वीकार गरेका छन् । त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर सेयर गरेको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!