Monday, October 26, 2020
Home > समाचार > भदौ महिना भित्र नेपालमा रेल आउदै (हेर्नुहोस पूरा विवरण)

भदौ महिना भित्र नेपालमा रेल आउदै (हेर्नुहोस पूरा विवरण)

जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउने भएको छ ।
नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिए । “कोरोना म’हामा’रीको स’ङ्क्र’मण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उनले भने ।

*** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

अहिले भारतको वि’हारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल कोरोना भा’इरस सङ्क्रमणका कारण उत्पन्न अ’व’रो’धले नेपाल आउन केही ढिलाइ भएको हो । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना म’हा’मा’रीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पारे ।

रेल सेवा सञ्चाल गर्न आवश्यक प्राविधिक कर्मचारी पनि तत्काल भारतबाट नै ल्याइने भएको छ । उक्त रेल सेवा सञ्चालनका लागि चालक दल, मर्मतसम्भार इन्जिनियर, सिग्नल प्रणालीका इन्जिनियर, स्टेसन सञ्चालनसम्बन्धी विज्ञ लगायतका प्राविधिक कर्मचारी भारतबाट ल्याइने बताउँदै महाप्रबन्धक भट्टराईले सोका लागि दुवै मुलुकबीच औपचारिक प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!