Saturday, October 24, 2020
Home > भिडियो > बिरामीको सेवा गर्न जुम्ला पुगेका डा केसीलाई होटलवाट बाहिर निस्कन प्रतिबन्ध, यसरी गरियो अपमान (भिडियो हेर्नुस्)

बिरामीको सेवा गर्न जुम्ला पुगेका डा केसीलाई होटलवाट बाहिर निस्कन प्रतिबन्ध, यसरी गरियो अपमान (भिडियो हेर्नुस्)

काठमाडौ । कोरोनाको महामारीमा सर्वसाधारणका उपचारका लागि दुर्गम जिल्ला पुगेका डा गोबिन्द कोइरालालाई उपचारमा अवरोध सिर्जना गरिएको छ । उनले आफु निस्वार्थ भावले काम गर्न खोज्दा अवरोध गरिएको भन्दै विरोध गरेका छन् । उनले अहिले कोरोनाको महामारीले भन्दा उपचार नै नपाएर सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै गुनासो गरेका छन् । भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

दुर्गमका बिरामीको उपचारका लागि जुम्ला पुगेका डा।केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो अवस्था प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरसभन्दा अहिले दुर्गम तथा अन्य क्षेत्रका बिरामीले उपचार नपाएर ज्यान गुमाउनु परेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘समयमा उपचार नपाएका कारण कोभिडले भन्दा अरु रोगले धेरै मानिसहरूको निधन भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुदुरपश्चिमका जनताहरूलाई निःशुल्क सेवा दिइरहेको बयलपाटा अस्पतालको भविष्य अनिश्चित बन्दा हजारौं मानिसले स्वास्थ्य सेवाबाट नै बन्चित हुने अवस्था छ ।’

कोरोनासंग जुधेका नागरिकलाई बाढी पहिरोको कहरले थप समस्या पारेको भन्दै अब सर्वसधारण सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञा मानेर बस्न नसक्ने चेतावनी दिएका छन् । उनले कोरोनाको वहानामा सरकारमा बसेकाहरु कुर्सीको खेलमा लागेको भन्दै विरोध जनाएका छन् । उनले नागरिक बाढी पहिरो र कोरोनाको कहरले भोकै बस्नु परेको भन्दै अब निषेधाज्ञा तोड्न बाध्य हुने चेतावनी दिएका हुन् ।

सर्वसाधारणको उपचारका लागि भन्दै दुर्गम जिल्ला पुगेका डा केसीलाइ स्थानिय तहले असहयोग गरेको छ । उनलाई होटलवाट बाहिर जान पनि प्रतिबन्ध लगाइएको छ । जुम्लामा डाक्टर केसी होटल रोयलमा बसेका छन् । उनलाई त्यो होटलको गार्डेन भन्दा बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

होटलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी जाँच गर्न जान लागेको बेला डा।केसीलाई बीच बाटोमै प्रहरीले रोकेको डा।केसीका सहयोगी महेन्द्र कार्कीले जानकारी दिएका छन् । उनलाई आफ्ना कुरा राख्न पत्रकारसंग पनि भेट गर्न दिइएको छैन ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!