Sunday, November 28, 2021
Home > प्रवास > OMG! बिहानै अायो यस्तो दुःखद खबरः दशै मान्न अाउँदैछु भनेर फोन गरेकाे छोरा यसरी काठकाे बाकसमा फर्किएपछि…

OMG! बिहानै अायो यस्तो दुःखद खबरः दशै मान्न अाउँदैछु भनेर फोन गरेकाे छोरा यसरी काठकाे बाकसमा फर्किएपछि…

जीतबहादुरले परदेशको ठाउँ, भनेको बेला छोराले विदा पाएन होला भन्दै चित्त बुझाए ।तर, केही दिनमा दुःखद खबर आयो, साउदीमा ड्राइभिङ गर्दै आएका ज्वाला दुर्घटनामा परे । बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहँदा जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए । छोराको शव राखिएको बाकस देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन् ।

जति पटक पुछे पनि उनका बलिन्धारा आँशु खसिरहे । बुढेसकालको साहारा ठानेका छोराको शव बुझ्न विवश बाबुको यो हाल देख्नेहरुको पनि आँखा रसाए । परिवारका सदस्यहरुका अनुसार ३४ वर्षका ज्वाला दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । ८ असोजमा फोन गरेर दशैंमा घर आउँछु भनेका थिए । तर विदा नमिलेपछि भाका सारे । भाका भन्दा अघि नै आए तर … । ‘दशैंमा आउँछु भन्थ्यो, बुहारीले पनि के के भनिदिई अनि मंसिर आउँछु भनेर फोन राखेको हो’, जितबहादुरले भक्कानिँदै यत्ति भन्न सके ।ज्वालाको दुर्घटनामा परेर मृत्यु भएको खबरले जितबहादुरको परिवारमा बिपत्ति बर्सियो ।

निधन भएको खबर लगत्तै शव ल्याउन पहल थाले पनि प्रक्रिया लामो हुँदा १७ दिनपछि बल्ल छोराको शव ल्याउन सकेको जीतबहादुरले बताए । जीतबहादुरका अनुसार ज्वाला तेस्रो पटक रोजगारीका लागि साउदी अरब गएका थिए । यसअघि पनि दशैंमा आउने जाने गर्थे । तर, यो पटक दैवले चुँडेर लग्यो । जीतबहादुरलाई आफ्नो भन्दा पनि नातीको चिन्ताले पिरोलेको छ । पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि दोस्रो विहे गरेर ज्वाला साउदी गएका थिए ।जेठीपट्टीकै छोरा हुन् सृजल ।

उनी अहिले पाँचमा पढ्छन् । दशैंमा बाबुले नयाँ कपडा ल्याइदेलान भन्ने आशमा रहेका उनी बाबुको निधनको खबरले दशैं हुँदैन भनेर बुझ्नसम्म सक्ने भएका छन् । आमा पनि रोजगारीका लागि विदेशमै रहेका सृजललाई कसरी सम्झाउने हो जितबहादुरले सोच्न सकेका छैनन् ।ज्वाला जस्तै धन कमाएर परिवारमा खुसी ल्याउने आशमा विदेशीका नेपालीले वर्षेनी अकालमा ज्यान गुमाउने गरेका छन् ।

औसतमा दैनिक ३ वटा शव विमानस्थलमा आउँछन् । पछिल्लो दश वर्षको तथ्यांक हेर्ने हो भने यो संख्या भयावह छ ।वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या झण्डै ७ हजार छ । अवैधानिक रुपमा विदेश गएर ज्यान गुमाएकाहरुको संख्याको त अझ गन्ती नै छैन । तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

Leave a Reply

error: Please Dont Copy My Content!! !!