Monday, November 30, 2020
Home > जीवनशैली > सांसद नबिना लामा आमा बनिन्

सांसद नबिना लामा आमा बनिन्

काठमाडौ । सांसद नबिना लामा आमा बनेकी छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा तस्बिर सार्वजनिक गर्दै त्यसको जानकारी दिएकी छन् । उनले छोरालाई जन्मदिएकी छन् । उनी तत्कालिन अनेरास्ववियुकी अध्यक्ष समेत रहेकी लामा प्रतिनिधिसभामा सदस्य समेत हुन् ।

उनको दुई वर्ष अघि विवाह भएको थियो । नविनाले आफ्नो १२ वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्ष अघि भब्य विवाह गरेकी थिइन् । उनको विवाहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका तत्कालिन एमालेका नेताहरु पुगेका थिए ।

अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग उनको विवाह भएको हो । हेी समय अघि उनीहरुले गर्भववती अवस्थाका तस्बिर पनि सार्वजनिक गरेका थिए । गर्भवती भएपछि सार्वजनिक कार्यक्रममा कम देखिएकी लामाले अब केही समय परिवार र बच्चाका लागि छुट्याउने बताएकी थिइन् ।

बच्चाको पालन पोषणमा कुनै कसर बाँकी नराख्न आफुले केही समय लिने उनको भनाई थियो । उनले केही बेर अघि सावएजनिक गरेको बच्चा सहितको तस्बिरमा निकै धेरै बधाईका सन्देश आएको छ । उनले छोरीको तस्बिर सार्वजनिक गर्दै यो सुन्दर संसारमा हाम्रो सन्तानलाई स्वागत छ भन्दै स्टाटस लेखेकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!