Monday, October 26, 2020
Home > Uncategorized > नेपालमा आज एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

नेपालमा आज एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

काठमान्डौ , नेपालमा पछिलो २४ घन्टामा थप ११११ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पनि थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनीहरुमा देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप ११११ जनामा कोरोना पुष्टि भएको हो ।

याे पनि पढ्नुहाेस्

काठमाडौ । ६ महिना पछि उडान खुला भएपछि सुचारु हुने जहाज भाडामा पनि केही कटौती हुने भएको छ । चार्टर गरेर उडान गर्दा भन्दा नियमित उडानमा केही सस्तो भाडा हुने बताइएको छ । तर अहिले तत्कालका लागि एक तर्फी रुपमा मात्र उडान हुने भएकाले पहिलेकै अवस्थाको भाडादर भने हुनेछैन ।

नियमित दुई तर्फी उडान सुचारु भएपछि मात्र पहिलेकै जस्तो भाडादर हुने बताइएके छ । सकरारले गत भैत १० गते देखि बन्द गरेको अन्तराष्ट्रिय उडान भदौ १७ देखि नियमित गर्ने निर्णय गरेको छ । पिसिआर सहज भएका ८ वटा मुलुकमा उडान सुचारु हुन लागेको हो ।

चार्टड उडानको तुलनामा केही सस्तो भाडादर राखेर उडान सुचार गर्न लागिएको हो । लामो समय सम्म हवाई उडान बन्द हुँदा अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ।

‘१७ गतेदेखि नियमित उडान भने पनि एकतर्फी मात्रै यात्रु हुने भएकाले सामान्य अवस्थाको जस्तो भाडादर हुनेछैन । नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले चार्टर्ड उडानको भन्दा भाडा दरमा केही फरक हुने बताएकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गरेको हो । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारमा नियमित उडान हुने भएको छ । सुरुमा एक महिना खुला गर्ने र त्यस पछि अवस्था हेरेर थप निर्णय गर्ने भएको छ । सेप्टेम्बर १ देखि नियमित उडान सुचारु गरेपछि थप निर्णय एक महिना पछि हुने मन्त्रालयले जनाएको छ ।

पिसिआर परिक्षण सहज हुने मुलुकमा पहिलो चरणमा उडानका लागि छनौट गरिएको हो । तर यी देशबाट पनि पर्यटक र गैरआवासीय नेपाली भने आउन पाउने छैनन् ।

नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि मात्र आउन पाउने छन् । त्यो पनि सरकारी आमन्त्रणमा मात्र आउन पाउने छन् । चीनका ३ शहरमा पनि उडान हुने भएका छन् । चुङछिङ, ग्वाङझाउ र छेन्दुमा उडान हुने भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!