Monday, October 26, 2020
Home > समाचार > साथीको ज्यान लिएको अभि’योगमा पक्राउ परेका विजयको रहस्यमय निधन

साथीको ज्यान लिएको अभि’योगमा पक्राउ परेका विजयको रहस्यमय निधन

काठमाडौ । साथीको ज्यान लिएको अभि’योगमा पक्राउ परेका एक युवाको रहस्यमय निभन भएको छ । २० वर्षका निरञ्जन राम चमारको ज्यान लिउको अभि’योगमा पक्राउ परेका ७ जना मध्य एक जनाको निधन भएको हो । प्रहरी हिरा’सतमा रहेका गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको गए राति निधन भएको हो ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

साथीको ज्यान लिएको अभि’योगमा पक्राउ परेका २० वर्षीय विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधबार राति १२ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका छोरालाई प्रहरीले दिएको या’त’ना सहन नसकी उनको उपचारका क्रममा निधन भएको विजयरामका बुबा पनिलालले आरोप लगाउनुभयो । छोरालाई घटना कबुल गराउन प्रहरीले कुनै कसर बाँकी नराखेको उहाँले दाबी गर्नुभयो ।

यता पक्राउ परेका विजयरामको इलाका प्रहरी कार्यालय गरुडाको हिरा’सतमा राखिएको समय उनको पिसाब तथा मिर्गौलामा समस्या आएपछि अनामिका अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

उपचारका क्रममा पिसिआर टेष्टसहित दुुई/दुुई पटक डायलाइसिस गरिएको तथा दुवै मिर्गौलाले काम गर्न छाडेपछि विजयको निधन भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । गत साउन ३१ गते निरञ्जन रामले गाउँकै एक महिलासँग अ’वैध सम्बन्ध राखेको अभि’योगमा उनकै साथीहरुले धा’रि’लो ह’ति’यार प्रयोग गरी ज्यान लिएका थिए ।

अनुसन्धानका क्रममा उनीहरु घटनामा संलग्न भएको खुलेपछि सोही ठाउँका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, अर्जुुन राम, सिकेन्द्र राम र विजयराम तथा अन्दाजी २२ वर्षीय शेख आजादसहित सात जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

आजादकै परिवारका एक महिलासँग अनैतिक सम्बन्ध राखेका कारण उनको योजनानुसार साथी मिलेर निरञ्जनको ज्यान लिउको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । तस्बिर नेपालखबरवाट

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!