Monday, October 26, 2020
Home > अन्तराष्ट्रिय > चुनाव नजिकिदै गर्दा ट्रम्पमाथि यस्तो आपत्ति, पोर्नस्टारलाई ४४ हजार डलर तिर्न अदालतकाे आदेश

चुनाव नजिकिदै गर्दा ट्रम्पमाथि यस्तो आपत्ति, पोर्नस्टारलाई ४४ हजार डलर तिर्न अदालतकाे आदेश

काठमाडौं। यतिबेला चुनावी अभियानमा रहेका ट्रम्प माथि अर्को बज्रपात परेकाे छ । अमेरिकामा यतिवेला चुनावको माहौल छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत अन्य दावेदारहरु चुनावी अभियानमा लागेका छन् । यही मौकामा ट्रम्पलाई भने एक समस्या परेको छ । निर्वाचनकै मुखमा ट्रम्पले एक पोर्नस्टारलाई ४४ हजार १ सय डलर (९५२ लाख नेपाली रुपैयाँ) तिर्नुपर्ने भएको छ । हालै अदालतेले ट्रम्पलाई यस्तो आदेश दिएको हो ।

आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि चुनावी मैदानमा रहेका ट्रम्पलाइ अमेरिकाकारे यो आदेशले धक्का दिएको छ । स्टर्मी डेनियल नामकी पोर्नस्टारलाई यो रकम तिर्न ट्रम्पलाई अमेरिकाको एक अदालतले आदेश दिएको सीएनएनको रिपोर्टमा जनाइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले यो निर्णयले ट्रम्पलाई धक्का लाग्ने अनुमान गरेर समाचार बनाएको छ ।

स्टर्मी डेनियलले केही समय अघि ट्रम्पसँग आफ्नो अफेयर भएको दावी गर्दै अदालत पुगेकी थिइन् । उनले गरेको दावी ट्रम्पले भने अस्वीकार गर्दै आएका थिए । ट्रम्पले अस्वीकार गरेकै कारण उनी अदालतको शरणमा पुगेकी थिइन् । उनले गरेको दावी अदालतले अस्वीकार गरेको भएपनि अदालतको प्रकृयामा लागेको सबै खर्च भने ट्रम्पले तिुर्नपर्ने निर्णय अदालतले गरिदिएको हो । अहिले अदालतले मुद्दाको क्रममा स्टर्मीले खर्च गरेको पैसा ट्रम्पले तिर्नुपर्ने आदेश दिएका कारण त्यती धेरै रकम ट्रम्पले तिर्नुपर्ने भएको हो । क्यालिफोर्नियाको अदालतले ट्रम्पलाई ५२ लाख रुपैयाँ तिर्न आदेश दिएको छ ।

डेनियल्सका वकिलले यसबारे अन्तराष्ट्रिय सञ्चार माध्यकलाई जानकारी दिएका हुन् । स्टर्मी डेनियल्सले अदालतको फैसलापछि ट्वीट गरिन् ‘हो, एक अर्को जीत १’ ट्रम्पविरुद्ध मुद्दा हालेपछि स्टर्मीले एउटा किताब पनि लेखेकी थिइन् जसमा उनले ट्रम्पसँग आफ्नो अफेयरबारे खुलेर लेखेकी थिइन् । यो किताब निकै चर्चामा रहेको थियो ।

उनले आफुसंगको सम्बन्धका बारेमा बाहिर कुरा नगर्न पनि आफुलाई पैसा दिइएको दावी गरेकी थिइन् ।ट्रम्पका वकिलको तर्फबाट उनलाई १ लाख ३० हजार डलर ९१ करोड ५५ लाख नेपाली रुपैयाँ दिइएको थियो । डेनियल्सले पहिलो पटक २००६ मा ट्रम्पको आफूसँग अफेयर भएको दावी गरेकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!