Monday, October 26, 2020
Home > Uncategorized > पोखराको प्रतिक्षालयमा मृत भेटिइन् तनहुँकि सीता

पोखराको प्रतिक्षालयमा मृत भेटिइन् तनहुँकि सीता

पोखरा । पोखराको एक प्रतीक्षालयमा महिलाको शव भेटिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका ३२ लामेआहालको प्रतीक्षालयमा सोमबार महिलाको शव फेला परेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ८ बस्ने ५० वर्षकी सीता परियार मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय डाँडाकोनाक टोलीले शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको छ ।

‘शव कपडाले बेरिएको अवस्थामा थियो,’ डाँडाकोनाक कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी अर्जुन रानाभाटले भने, ‘मुख र नाकमा रगत पनि देखिन्छ ।’ शवमा बाहिरी चोट भने देखिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!