Friday, October 23, 2020
Home > भिडियो > कुलमान घिसिङ नेपालका लागि उज्याला तारा हुन्, फेरि कुलमान चाहिन्छ भन्नेले यो भिडियो हेरेर शेयर गराैं

कुलमान घिसिङ नेपालका लागि उज्याला तारा हुन्, फेरि कुलमान चाहिन्छ भन्नेले यो भिडियो हेरेर शेयर गराैं

काठमाण्डाैं । केहि बर्ष अगाडी मात्र हामीले १८-२० घन्टा लोडसेडिग खेप्दै आईरहेका थियौ।त्यो अध्यारो बाट उज्यालोमा ल्याउनका लागि पुर्ण योगदान कुलमान घिसिङलाई जान्छ।उहाँको कार्यकाल यहि महिनाको अन्तिममा सकिदै छ।

उहालाई एक कायकाल काम गर्न दिईयो भने नेपालका कुना कुनामा बिधुत पुर्याएर नेपालमा कहिलै पनि लोडसेडिग हुन नदिने गुरु योजना छ।त्यसैले उहालाई एक कार्यकाल पुन ल्याउन दबाब दिनका लागि सबै नेपालीको साथ चाहिन्छ।हजुर उज्यालो नेपाल चाहानु हुन्छ भने यो कृपया भिडियोलाई एक-एक सियर गरेर आ-आफ्नो ठाउबाट सम्बंधित ठाउमा पुर्याएर दबाब दिउ।

भिडियोः

यो पनिः माधव नेपाल होम आइशोलेशनमा बसेपछि

काठमाडौं। वरिष्ठ नेता माधव नेपाल होम आइशोलेशनमा बसेका कारण सत्तारुढ दल नेकपा सचिवालय बैठक अनिश्चित भएको छ। नेता नेपालका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपनि उनी होम आइशोलेशनमा बसेका छन्। अझै केही दिन होम आइशोलेनमा बस्ने नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

‘सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि उहाँ (नेपाल) सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले डिसी नेपालसँग भने, ‘अहिले उहाँले भेटघाटलगायतका सबै काम बन्द गर्नु भएको छ।’

गत शनिबार पार्टी भित्रको विवाद समाधान गर्न गठित कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमाथि सुरुमा अध्यक्षद्वयले पहिला छलफल गर्ने र त्यसपछि सचिवालयमा पेश गर्ने बताइएको छ।

प्रतिवेदनमाथि अध्यक्षद्वयले मंगलबार (आज) विहान साढे नौ बजे छलफल गर्ने कार्यक्रम रहेको बालुवाटार निकट स्रोतले जनाएको छ। कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वयले छलफल गरेपनि तत्काल सचिवालय बैठकमा भने छलफल नहुने भएको हो।

‘माधव कमरेड आइशोलेशनमा भएका कारण तत्काल सचिवालय बैठक बस्ने अवस्था रहेन,’ एक नेताले डिसी नेपालसँग भने, ‘कार्यदलले पेश गरेको प्रतिवेदन अब दुवै अध्यक्षले अध्ययन गरेर केही दिनपछि बस्ने सचिवालय बैठकमा पेश गर्नुहुन्छ।’

नेता नेपाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष मध्ये एक पदबाट केपी ओलीले राजीनामा दिनुपर्ने अडान राख्ने नेता हुन्। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै गठित कार्यदलले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बुँदा उल्लेख नगरी प्रतिवेदन बुझाएको छ। आफूले उठाउँदै आएका माग सम्वोधन नहुने अवस्था उत्पन्न भएपछि कार्यदलको प्रतिवेदनप्रति नेता नेपाल असन्तुष्ट बनेका छन्।

प्रचण्डले आफ्नो स्वार्थ पूरा गर्न आफ्नो साथ खोजेको तर स्वार्थ पूरा हुने अवस्थामा धोका दिएको निष्कर्ष नेता नेपालले निकालेका छन्। यसअघि दुई अध्यक्ष मिलेर कार्यदल गठन गरेको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका थिए।

पछि सविचलायबाट कार्यदललाई अनुमोदन गराइएको थियो। तर कार्यदलले दिएको प्रतिवेदनमा पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने र प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनु नपर्ने आशय प्रकट भएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!