Monday, October 26, 2020
Home > समाचार > फेरि हेटाैडामा थपियो एक हप्ता निशेधाज्ञा

फेरि हेटाैडामा थपियो एक हप्ता निशेधाज्ञा

मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएकोमा जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले निषेधाज्ञा थपेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । निषेधाज्ञाका समयमा बिहान ५ बजेदेखि ८ बजेसम्म खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरीद गर्न दिइने भएको छ ।

पसल खोल्दा र व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा र सेनिटाइजर अनिवार्य प्रयोग र सामाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केही दिनअघिदेखि जारी गरिएको जिप्रकाले जनाएको छ ।

पुरा समाचारका हेर्न तल क्लिक गर्नुहाेला

Leave a Reply

error: Please Dont Copy My Content!! !!