Wednesday, October 21, 2020
Home > अन्तराष्ट्रिय > क्यालिफोर्नियाबाट आयो यस्तो दुःखद खबर

क्यालिफोर्नियाबाट आयो यस्तो दुःखद खबर

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित पहाडी क्षेत्रमा दर्जनौँ स्थानमा लागेको डढेलोले ६ जनाको मृ त्यु भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा फैलिएको डढेलोमा ६ जनाको मृ त्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीपछिको तातो हावाले जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका तथा हजारौँ भवनहरु जोखिममा परेको बताइएको छ । डढेलोले एक लाख ७५ हजारभन्दा बढी मानिस बिस्थापित भएका छन् । डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिए पनि नियन्त्रणमा आउन सकेको छैन । बरू डढेलो अझ बढी फैलदै गएको अग्नि नियन्त्रकहरूले जनाएका छन् ।

तलकाे भिडियो पनि हेर्नुहाेला

Leave a Reply

error: Please Dont Copy My Content!! !!