Tuesday, October 27, 2020
Home > जीवनशैली > एअर होस्टेजलाई प्रहरीले पुरुषको कोठामा रंगेहात समातेपछि……

एअर होस्टेजलाई प्रहरीले पुरुषको कोठामा रंगेहात समातेपछि……

काठमाडौ । २३ बर्षे डेरिन क्रफोर्ड दुवई प्लिसको फ’न्दामा परेपछि सन्सारभर हंगामा भएको थियो । अहिले उनी २ महिने कारागार बसाई पछि मुक्त भएकी छिन् । डेरिन युएईमा काम गर्दथिन् र र दुबईमा बसोबास गर्दथिन् । उनी एक मानिससँग डिनरको लागि बाहिर गएकी थिइन् र उनै पुरुषको अपार्टमेन्टमा ती एअर होस्टेज गएकी थिइन् ।

डेरिन ती पुरुषको कोठामा पुगेको केही समयमै दुबइका पुलिसले उनीहरु बसेको कोठामा छापा मा’रे । त्यहाँ गाँ’जा समेत भेटिएपछि डेरीन पक्राउ परिन् । लिभरपुल, बेलायतकी स्थायी बासिन्दा यी सुन्दरीलाई जुन २१ मा कु’ख्यात अल बर्शा जे’लमा हालिएको थियो ।

रिभरसाइडका लागि सांसद किम जॉनसनले बताए कि उनको रिहाइ पछि डेरिनले आफ्नो परिवारसँग कुरा गरेकी थिइन । उनी जे’लबाट छुटेको पुष्टि ती सांसदले गरे । बेलायती एयर होस्टेसले दुबईको जे’लमा २ महिना रोटी र पानीको सहारामा बिताएको बताईन् ।

डेरिन, जसले ११ वर्षको उमेरमा आफ्नी आमा गुमाएकी थिइन् उनलाई उनकी सानीमाले हुर्काइन्, सेप्टेम्बर २०१८ मा एयरलाइन्समा काम पाए पछि उनी दुबई सरेी थिइन् ।

ती एयर होस्टेसले आफन्तहरूलाई भनिन् कि उनी एक मानिससँग डेटमा जान राजी भएकी थिइन् । उनीसँगै गएका पुरुष पनि बेलायती नै भएको र उनी व्यवसायी रहेको उनले बताईन् जे’लबाट छुटेपछि उनले आफू आफ्नो सन्सारमा फर्किन पाएको भन्दै खुशी ब्यक्त गरेकी छिन् ।
तलको लिन्कमा क्लिक गर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!