Wednesday, October 21, 2020
Home > अपराध > तीजमा माईत आएकि छोरीले आफ्नै बहिनीको चार वर्षको छोराको ज्या’न लिइन्

तीजमा माईत आएकि छोरीले आफ्नै बहिनीको चार वर्षको छोराको ज्या’न लिइन्

तीजमा माईत आएकि एक महिलाले आफ्नै बहिनीको चार वर्षको छोराको ह त्या गरेको अ’भि’योगमा प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाको सुनेकोशी गाउँपालिका–६ पारामा चार वर्षीय बालकको ज्या’न लिएको अ’भि’योगमा एक महिलालाई पक्राउ गरिएको हो । तीज मान्न माईत आएको समयमा आफ्नै बहिनीको चार वर्षीय छोराको ह’त्या गरेको आरो’पमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

बहिनीसंगको रि’स फेर्न उनले छोराको ज्या’न लिएको प्रहरी अनुसन्धानवाट खुलेको छ । उनी तीज मान्न भन्दै गत साउन दुई गते नै माइत आएकी थिईन् । छोराको ज्या’न लिएपछि उनले घटनामा आफ्नो संलग्नता नदेखियोस् भनेर घरमा मृ’त फेला परेको भन्दै श-व देखाएकि थिइन् । जुनुको बहिनीसंग लामो समय देखि विवाद थियो ।

विवादका बीचमा उनले छोराको ज्या’न लिने ध’म्की दिदै आएकी थिईन् । उनले त्यस्तो ध’म्की दिने गरेको स्थानियले पनि सुनेका थिए । बहिनी माइतमा बस्दै आएकी थिइन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका–१ सोखु घर भइ माइती बस्दै आएकी बहिनी सम्झना दर्जीका ४ वर्षीय छोरा भदौ २ गते मृ’त फेला परेका थिए । २ गते दिउँसोदेखि हराएका बालक मामाघरकै पसलकोठामा साँझ मृ’त फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । बालकका हजुरवुवाले नै छोरीले ज्या’न लिएको भन्दै प्रहरीमा कि’टा’नी जा’हेरी दिएका थिए ।

तलको लिन्कमा क्लिक गर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!