Saturday, October 24, 2020
Home > समाचार > नेपालले सिमा विवाद बढाएकाे आरोप लगाउँदै भारतीय पूर्वराजदूत श्याम शरण यसो भन्छन्

नेपालले सिमा विवाद बढाएकाे आरोप लगाउँदै भारतीय पूर्वराजदूत श्याम शरण यसो भन्छन्

पालका लागि भारतीय पूर्वराजदूत श्याम शरणले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो सीमाभित्र समेटेर नेपालले सीमा विवाद बढाउन खोजेको आरोप लगाएका छन् । भारतीय अखबार द हिन्दूमा एक लेख प्रकाशित गर्दै उनले भनेका छन् ‘दुवै पक्षले सयौं वर्षदेखि मान्दै आएको र त्यति नै अवधिदेखि दुवै देशको नक्सामा प्रतिबिम्बित भएको सीमा कुनै एक देशले अभिलेखमा भएका दस्तावेज ल्याएर एकतर्फी रुपमा परिवर्तन गर्न मिल्दैन, जुन अहिले भएको छ ।’

नेपालले अहिले आफ्नो दावी पुष्टि हुने गरी प्रस्तुत गरेका ऐतिहासिक दस्तावेजको अर्थ नहुने भन्दै उनले यस्तो गर्दा अन्तर्राष्ट्रिय सीमाहरु अस्थिर र चलायमान हुने र यसले देशहरुबीच अस्वीकार्य विवाद उत्पन्न गराउने बताएका छन् ।

सुगौली सन्धिमा कुनै पनि नक्सा साथमा संलग्न नगरिएको बताउँदै श्याम शरणले ब्रिटिसले पटक पटक गरेका सर्वेक्षणका नेपाल–भारत सीमा कालापानीको केही पूर्वबाट उत्तरतर्फ देखाएको र त्यसपछिका वर्षहरुमा यो सीमारेखा कहिल्यै पनि परिवर्तन नभएको दावी गरेका छन् । उनले यही कुरा नेपाली आधिकारिक नक्सामा पनि देखिएको र यो एक तथ्य भएको बताएका छन् ।

‘अहिले यो तर्क गरिएको छ कि इष्ट इण्डिया कम्पनी र त्यसपछिका सरकारले काली नदीको उद्गम स्थललाई पूर्वतर्फ सार्दै गए । त्यसपछिका नेपाली सरकारलाई यस्तो रोक्न र आफ्नो दावीलाई अगाडि ल्याउन केले रोक्यो ? यस्तो दावीको कुनै पनि रेकर्ड छैन । यतिसम्म कि जतिबेला कम्पनी सरकार नेपालसँग खुसी थियो किनकि नेपालले १८५७ को स्वतन्त्रता युद्ध दबाउन कम्पनी सरकारलाई सहयोग गरेको थियो’ श्याम शरणले लेखेका छन् ।

१९६९ मा तत्कालीन नेपाली प्रधानमन्त्री कीर्तिनिधि बिष्टले भारतलाई नेपाल तिब्बत सीमामा रहेका भारतीय चेकपोस्ट हटाउन भनेको प्रसंग उल्लेख गर्दै श्याम शरणले त्यतिबेला प्रधानमन्त्री बिष्टले १७ ठाउँमा रहेका भारतीय सेनाका पोस्ट हटाउन भनेको र ती १७ पोस्टको सूचीमा कालापानी, लिपुलेक उल्लेख नभएको बताएका छन् । ‘यदि कालापानी र लिपुलेक नेपाली भूभागभित्र थिए भने सूचीबाट किन हटाइयो ?’ श्याम शरणले प्रश्न गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!