Tuesday, July 13, 2021
Home > भिडियो > निर्मला पन्त प्रकरण – न्याय माग्दै थाकेका जनताहरूका लागि अायो यस्तो खुशीकाे खबर – भिडियो

निर्मला पन्त प्रकरण – न्याय माग्दै थाकेका जनताहरूका लागि अायो यस्तो खुशीकाे खबर – भिडियो

काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई सार्वजनिक गर्न माग गर्दै देशभर आवाज उठिरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्काे नौटंकी देखाइरहेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानबिनका लागि गठित उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उनकी आमा दुर्गादेवीले आस गरेकी थिइन्  । समिति सदस्यले समेत अपराधी किटान गरेरै प्रतिवेदन लेख्ने आश्वासन दिएकाले उनी झनै विश्वस्त थिइन् । तर आइतबार प्रतिवेदन सार्वजनिक गर्दा उनका यी सबै आशा निराशामा बदलिए ।

भिडियोः

प्रतिवेदन चित्तबुझ्दो छैन, पुरानै कुरा आए, न अपराधी पत्ता लाग्यो, न त प्रमाण ढाकछोप गरी नष्ट गर्नेहरू नै किटान गरिए,’ दुर्गादेवीले भनिन्, ‘प्रतिवेदनमा भएका कुरा त हामीले सुरुदेखि भन्दै आएका छौं, के नै नयाँ आएको छ र ?’

उनले प्रहरी र बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख भए पनि प्रहरीबाट मात्रै हुने अनुसन्धानमा विश्वास नभएको बताइन् । विगतमा पनि बम दिदीबहिनी रोशनी र बबितालाई २५ दिनसम्म हिरासत राखेर छाडिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!