Thursday, July 22, 2021
Home > समाचार > छक्क पन्जा ३ ले बनायो एतिहासिक रेकर्ड, हलमा उर्लियो जनसागर ( हेर्नुहोस् भिडियो )

छक्क पन्जा ३ ले बनायो एतिहासिक रेकर्ड, हलमा उर्लियो जनसागर ( हेर्नुहोस् भिडियो )

चलचित्र ‘छक्का पन्जा ३’ ले बम्पर ओपनिङ गरेको छ । दशैँलाई लक्षित गर्दै घटस्थापनाको दिन अर्थात् आजबाट प्रदर्शनमा आएको फिल्मले बिहानी शोमा नै हाउसफुलको ब्यापार गर्न सफल छ । राजधानी र मोफसलमा गरेर २०० पर्दामा लागेको यस फिल्मले बिहानी शोमा नै बम्पर व्यापार गरेको वितरक मनोज राठीले बताए ।

अहिले चलचित्र युनिट दर्शकसँग साक्षत्कार गर्न हल हलमा पुगिरहेका छन् । बिहानी शोका दर्शक सँग साक्षत्कार गर्न गोपी कृष्ण पुगेका निर्मता तथा कलाकार दीपकराज गिरीले भने, ‘यहाँ दर्शकको साथ उत्साहजनक छ । दर्शकको उपस्थितीले खुसी तुल्याएको छ ।’ दीपाश्री निरौलाले निर्देशित ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ । हेर्नुहोस भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!