Thursday, December 9, 2021
Home > समाचार > हेर्नुहोस यस्तो त छ नेपालमा कानून !!पैसाको बलमा १३ वर्षीय बालिकाको बलात्कारी छुटे – कृपया यसको घोर बिरोध गरेर शेयर गरौ

हेर्नुहोस यस्तो त छ नेपालमा कानून !!पैसाको बलमा १३ वर्षीय बालिकाको बलात्कारी छुटे – कृपया यसको घोर बिरोध गरेर शेयर गरौ

पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटमा १३ बर्षिया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा २ लाख धरौटीमा रिहा भएका छन ।घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुस्मा नगरपालिका –२ का २० बर्षिय बिनोद नेपाली पुर्पक्षका लागि २ लाख रुपैया धरौटीमा छुटेका हुन ।

पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको एकल इजलासले मंगलबार नेपालीलाई २ लाख धरौटीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको छ । अभियुक्त नेपाली दुई लाख बुझाउन नसकेपछि पर्वत जिल्ला कारागारमा थुनामा छन । अदालत बुधबार देखि बिदा हुने भएकाले धरौटीमा छाड्ने आदेश भएपनि अभियुक्त नेपालीले दशैं बिदामा पनि कारागार बस्नुपर्ने भएको छ ।

नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ बर्षिया बालिका घरको वारदलीमा सुतिरहेको अवस्थामा घरको भित्ता र खम्वा हुदै वारदलीमा चढेर मुख थुनी जवरजस्ती यौन कृयाकलाप गर्न खोजेको अभियोगमा असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो । अभियुक्त नेपालीले दाजु भनेर जाँदा बैनी रहेको र उनीचिच्च्याएपछि बलात्कार प्रयास गरेको अभियोग लागेको बयान दिएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!