Thursday, December 9, 2021
Home > समाचार > शरीरमा जमरा उमार्न नौ दिनका लागि सुते कृष्ण शाही

शरीरमा जमरा उमार्न नौ दिनका लागि सुते कृष्ण शाही

काठमाडौं । घटस्थापनाको दिन ३६ बर्षीय कृष्ण शाहीले शरीरमा जमरा उमार्ने कठीन कार्य शुरु गरेका छन् । उनले काठमाडौंको शोभाभगवती मन्दिर परिसरमा दशैंको पहिलोदिन आफ्नो शरीरमा जमरा प्रतिस्थापन गरेका छन् ।

यसअघि तीनपटकसम्म जमरा उमार्ने काम पूरा गरिसकेका उनको यो कार्य चौथोपटक हो । उनले सातपटकसम्म नौदिनसम्म पानीसमेत नखाई शरीरमा जमरा उमार्ने अठोट लिएका छन् ।

मन्दिर परिसरमा पाल टाँगेर सुत्ने एउटा विस्तारा राखिएको छ जहाँ उनले शरीरमाथि जमरा राखेर ब्रत शुरु गरेका छन् । उनी एक तान्त्रिक वैदिक गुरु पनि हुन् । उनी यसलाई पूर्खाको देन बताउँछन् । शरीरमा जमरा उमार्ने कार्य उनका बुबा चौथी शाहीले पनि सातपटकसम्म पूरा गरिसकेका छन् । यसैलाई कृष्णले निरन्तरता दिएका हुन् ।

उनले शोभा भगवती मन्दिरमा अन्नपानी केही पनि नखाई शरीरमा जमरा उमारेको देख्ने सबैजना आश्चर्यमा पर्छन् । मन्दिरमा उनलाई हेर्न आउनेको घुइँचो लाग्छ ।नौंदिनसम्म पानी समेत नखाई बस्नु सामान्य व्यक्तिको कल्पनाभन्दा बाहिर छ । अर्को आश्चर्यलाग्दो कुरा उनको शरीरको मलमुत्र प्रकिया समेत बन्द रहने गर्छ ।

नौ दिनसम्म अन्नपानी केही नखाई कसरी बस्नुहुन्छ रु भन्ने जिज्ञासामा उनले यस कार्य दैवी शक्ति र ब्रत बस्ने संकल्पका कारण सम्भव हुने बताए ।

उनले भने ‘ब्रत बस्नुअघि नौदिनसम्म कसरी बसुँला भन्ने मनमा आउँछ तर जब म आशनमा बसेर संकल्पसहित ब्रत पूरा गर्ने अठोट गर्छु त्यतिबेला मेरो शरीरमा शक्ति उर्जाशील हुन्छ ।’ उनको ब्रतस्थलमा श्रीमद्भागवतको कथा वाचन समेत हुनेछ । र, नौंदिनसम्म भजनकीर्तन हुने कार्यक्रम छ ।

उनको कठीन ब्रत हेर्न आउने भक्तजनले स्वविवेकले दिने भेटी रकम उनले असहायलाई प्रदान गर्ने बताएका छन् । भक्तजनले दिएको चन्दा रकम मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहयोगको लागि राखिने उनले बताए । उनले भने ‘यस धार्मिक काममा समाजसेवा पनि सँगसँगै जोडिएको छ । धार्मिक अनुष्ठानबाट संकलन भएको चन्दा रकम असाह्य व्यक्तिलाई दिनेछौं ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!