Tuesday, November 24, 2020
Home > जीवनशैली > जनकपुरकि जानकी (पुष्पा अधिकारी)को सन्तान मोहले जन्माएको प्रश्न र कानुनको कठघरामा उभिएका ११ बालिकाहरुको भविष्य

जनकपुरकि जानकी (पुष्पा अधिकारी)को सन्तान मोहले जन्माएको प्रश्न र कानुनको कठघरामा उभिएका ११ बालिकाहरुको भविष्य

भदाै १, रतन चन्द । जनकपुर कि जानकी (पुष्पा अधिकारी)को सन्तान मोहले जन्माएको प्रश्न र कानुनको कठघरामा उभिएका ११ बालिकाहरुको भविष्यका बारेमा यतिबेला निकै चर्चा चलिरहेकाे छ । केहि दिन अगाडि भूलबस हुन गएकाे गल्तीले केयर बालगृहमा आश्रय लिएका ती अबोध बालबालिकाहरूकाे भविष्य माथि प्रश्नचिन्ह खडा भएकाे छ ।

केयर बाल गृहकि संचालिका पुष्पा अधिकारीले आफुसँग रहेको ११ बालिकाहरुलाई फिर्ता पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट उपर आज फैसला हुँदैछ । २०७७ साउन २५ गतेका दिन केन्द्रिय बाल अधिकार परिषद, बुढानिलकण्ठ नगर पालिका, बालबालिका खोजतलास समन्वय केन्द्र उपर रिट दर्ता गरेपछि ३० गते बिपक्षीलाई अदालतले बालिका सहित हाँजिर हुन र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

तर बाल अधिकार परिषद ले आफ्ना कर्मचारीहरु कोरोना संक्रमणका कारण कन्ट्राक ट्रेसिङ मा परेकोले बालिकाहरुलाई उपस्थित गराउन नसकेको भनेपछि । माननीय न्यायधिस द्धय सपना प्रधान मल्ल र प्रकाश सिंह राउत को इजलासले सोमबार बालिकाहरुलाई भिडियो कन्फ्रेन्स मार्फत उपस्थिती गराउन आदेश दिएको छ ।

बालगृहबाट ती अबोध ११ जना बालिकाहरुलाई जबर्जस्ती उठाएर सरकारी निकायले उद्दार गरेको भनि प्रचारप्रसार गरे पनि यथार्थमा त्यसो नभएको प्रत्यक्षदर्शी बताउँछन ।

बालिकाहरुलाई घरबाट उठाएपछि बियोगमा बिक्षिप्त बनेकि पुष्पा अधिकारी बालिकाहरुलाई फर्काउनेमा दिनरात सँघ सँस्थाका ब्यक्तिदेखि उच्चअधिकारी प्रसाशन होस् या सरकार समक्ष अपिल गरिरहेकि छिन ।

बालिकाहरु प्रति यति धेरै मोह किन ?

सानैदेखि बालबालिका मनपर्ने र कुनै समय माइती नेपालमा काम गरेको अनुभवले बिशेषगरि नारीप्रति श्रद्धा,आदर र सम्मान कै उपजका कारण उनलाई त्यस्ता अनाथ बाललाकिकाको स्याहर सुसारमा मोह जागेर आयो । सायद त्यसैको परिणाम होला ती बालिकाहरुलाई नयाँ जीवन दिने चाह बढेको ।

त्यसो त बाल गृह संचालन गर्नु अघि उनले थुप्रै बालिकाहरुलाई सहयोग नगरेको पनि होइन । बिभिन्न स्थानबाट आएका र बेवारीसे होस् या आर्थिक परिवारिक अवस्था कमजोर बालिकाहरुको आश्रय थलो बनेको उक्त बाल गृहमा रहेका बालिकाहरुले कहिल्यै अनाथको उपनाम पाएका थिएनन् । बरु उनिहरुले एउटी प्यारी आमा पाएका थिए । त्यो बाल गृह सरकारका लागि नाम मात्रको बाल गृह थियो तर त्यहाँ रहेका बालिकाहरु त्यही घरमा जन्मिएका भन्दा कम थिएनन । त्यसैले त उनिहरुको मुखमा सँधै “पुष्पा मामु” मात्र गुन्जिन्थ्यो ।

न्यायको कठघरमा पुष्पा, अबोध बालिकाहरुको भविष्य र सरकारी निकाय उभिएको छ । यधपी पुष्पाले दिएको रिट बिरुद्ध फैसला भए सरकारी निकायका कर्मचारीको सौतेनी ब्यवहार कै कारण ती बालिकाहरुलाई कथित पुनर्स्थापनाको बहानामा भविष्य अन्धकार देखिने पक्का पक्की छ ।

बिशेषगरि नेपालको पहाडी दुर्गम क्षेत्रमा रहेका बिपन्न परिवार र उनिहरूकाे अभिभावकहरूकै राजीखुशीमा काठमाण्डौको वातावरणमा हुर्किएका ती बालिकाहरु के फर्किएर पढ्न सक्लान वा राजधानी कै जस्तै सुबिधा सम्पन्न स्कुलमा पठनपाठन होला ? सरकारका सरोकार निकायले पुनर्मिलनको बहानामा सुन्दर सपना बोकेका बालबालिकालाई कता लानेछ, आजको समाजमा जल्दो बल्दो प्रश्न चिन्ह बनेको छ ।

**यो भिडियो पनि हेर्नुसहाेस**

Leave a Reply

error: Please Dont Copy My Content!! !!