Sunday, September 27, 2020
Home > समाचार > मनमैजु ह’त्याका’ण्ड : युवती विवादमा घट्यो यस्तो दुःखद घटना !

मनमैजु ह’त्याका’ण्ड : युवती विवादमा घट्यो यस्तो दुःखद घटना !

काठमाडौँ । काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा दोलखाका दोर्जे तामाङसहितका युवा–युवती चिया पिउँदै थिए । केहीबेरमा नुवाकोट घर भएका लक्ष्मण तामाङको समूह त्यहाँ पुग्यो । एकैछिनमा दुई पक्षबीच विवाद भयो । दोर्जे समूहले छु राले हा नेर २४ वर्षीय लक्ष्मणको ह त्या गरे । शुक्रवार साँझ भएको सो हत्या ‘युवती विवाद’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

मृ तक र दोर्जे समूहको बिचमा ‘पुरानो प्रेमिका’को बारेमा विवाद भएको हत्याबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले जानकारी दिए । उनीहरुबिच अघिल्लो दिन पनि सामान्य विवाद भएको थियो । ह त्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन् । सोधपुछका लागि तीनजना युवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुईपक्ष झ डप हुँदा दोर्जेले खाजाघरबाट लखेट्दै मितेरी पुलमा लगेर लक्ष्मणलाई छु रा हा नेको बताइएको छ । ह त्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुस्

पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर पनि बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मानिसले लापरवाही गरिरहेकाले समस्या थपिँदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा निर्देशनअनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र र २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा चल्ने सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधनमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरीको पालना गर्न गराउने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउनेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातहतका निकायलाई बिहीबार मन्त्रालयले जरुरी सूचनामार्फत निर्देशन जारी गरेको छ ।

काठमाडौँ उपत्यकाभित्र काठमाडाँै जिल्लामा पाँच, ललितपुर र भक्तपुर जिल्लामा चार÷चार वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारवाहीलाई तीव्र बनाइएको छ । यसै प्रकारको अनुगमन टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लालाई समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म मास्क प्रयोग नगरी हिँड्ने चार लाख १९ हजार बढीलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६३५ वटा सवारी साधन तथा अनुमति बिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा नागरिकबाट भइरहेको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबैबाट थप सकारात्मक सहयोगको लागिसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!