Monday, January 18, 2021
Home > भिडियो > छोराछोरी समेत भैसकेकि श्रीमति जेल परेको सुन्दा श्रीमान खुसि हुदै खोले यस्तो रहस्य! (भिडियो सहित)

छोराछोरी समेत भैसकेकि श्रीमति जेल परेको सुन्दा श्रीमान खुसि हुदै खोले यस्तो रहस्य! (भिडियो सहित)

एजेन्सी । कल्पनाका श्रीमान पहिलो पटक मिडियामा आएका छन् । कल्पना पनि आफ्नो दोस्रो श्रीमती भएको बताएका छन् । पहिलो श्रीमतीसंग बस्दै आएका कल्पनाका श्रीमानले आफुहरुको अहिले सम्म सम्बन्ध विच्छेद पनि नभएको र सम्बन्ध र सम्पर्क पनि नभएको बताएका छन् । आफुहरुको चार वर्ष यता कुनै सम्बन्ध नभएको बताएका छन् । उनले छोरीको विवाहका विषयमा एक पटक मात्र फोनमा कुरा भएको बताएका छन् । आफुले छोरीको विवाह गरिदिन्छु भन्दा नमानेपछि आफ्नै तरिकाले गरिदिएको र आफु पनि नगएको बताएका छन् ।

भिडियोः

उनले युटयुवमा घटनावारे जानकारी पाएको बताएका छन् । उनले कृष्णबहादुर वोहरालाई नचिनेको पनि बताएका छन् । उनले आफु काठमाडौ जाँदा कल्पनाको अरुसंग सम्बन्ध र सम्पर्क भएको थाहा पाएपछि आफुले कल्पनाको जिवन देखि निस्किएको बताएका छन् । उनले कल्पनावाट ३ छोराछोरी भएको बताएका छन् । उनले आफुसंगको सम्बन्ध विग्रिएका कारण कल्पनाले त्यस्तो गरेको होला भन्ने नसोचेको बताए । उनले भने, पहिला एउटा कुखुरा पनि काट्न नसक्ने मान्छेलाई कसरी मान्छे नै काट्ने आँट कसरी आयो ? म अचम्म परेको छु उनले भने ।

उनले आफु विदेश जानु भन्दा अघि श्रीमती आफ्नो घरमा बसेको तर परिवारका अरु सदस्यसंग मिल्न नसकेपछि नेपालगन्जमा अर्को घर बनाएर राखिदिएको बताएका छन् । नेपालगन्जमा श्रीमती राखेर आफु फेरी विदेश गएपछि कल्पना त्यहाँ पनि अलपत्र छोडेर काठमाडौ आएर बसेको बताएका छन् । कल्पना घटनामा प्रहरी हिरासतमा परेपछि छोराछोरी अलपत्र परेका छन् । कल्पनाको श्रीमानले छोरालाई सानो देखि नै आफुहरुले हुर्काएको बताएका छन् । उनले अब आफ्ना सन्तानलाई भने आफुले हेर्ने बताएका छन् ।

कल्पनाको माइती पक्ष र अरुले पनि छोराछोरीको भविष्यको बारेमा प्रश्न उठेपछि अब आफुले छोराछोरी ल्याउने बताएका छन् । विवाह गरेर गएकी छोरी पनि आफ्नो भाईलाई स्याहार सुसार गर्नु भनेर भन्नु आएको पनि बताएका छन् । विवाह गरेर गएपछि छोरी आएकै थिइनन्, तर आज छोरी पनि घर आएर भाईको रोएर बेहाल छ भाईलाई हेर्नुपर्यो भनेर गएको बताएका छन् । उनले आफ्ना छोराछोरीको जिम्मा आफुले लिने बताएका छन् । यसको भिडियो तल छ हेर्नुहोला

त्यस्तै काठमाडौंको गोंगबुमा आइतवार ह त्या भएका कृष्णबहादुर वोहोराको परिवारले घटनामा संलग्नलाई कडा स’जाय दिन माग गरेका छन् । कृष्णबहादुरको छोरी अहिले मिडियामा सार्वजनिक भएकी छन । कसैले उनको स्थायी घर रोल्पा भएको पनि बताइएको छ । रेखा बोहोरा उनको छोरी हुन् । उनी दागंको घोराहीमा बस्छिन् । कृष्णबहादुर बोहोरा रेखाको कान्छो अंकल हुन् । रेखाको अंकलसंग फागुनमा पछिल्लो पटक भेट भएको थियो । त्यसपछि उनीसंग तीन महिना यता फोनमा पनि कुराकानी पनि भएको थिएन ।

कृष्णबहादुरले आफु काठमाडौमा बस्ने र काम पनि गर्ने गरेको बताएका थिए । कृष्णबहादुरको श्रीमती भारतमा बस्ने र उनले त्यहाँ दाँतको अस्पतालमा काम गर्छिन । कृष्णबहादुरले आफ्नो छोरालाई पनि संगै लिएर गएको भन्ने बुझिएको छ । कृष्णबहादुर पहिलाको घर रोल्पा हो । पछि उनीहरु दागं झरेका थिए । दागंको हापुरमा कृष्णको घर हो । उनको जग्गा जमिन पनि हापुरमै छ । तर उनीहरु दागंमा धेरै बसेनन् । कृष्ण काठमाडौ कामका लागि गएको र उनको श्रीमती भारतमा गएका हुन् ।

उनले आफुले अनलाईन सपिगं सम्बन्धि काम गर्ने बताएका थिए । केही वर्ष अघि कृष्ण र उनको श्रीमतीबीच केही सम्बन्ध विग्रिएको थियो । तर पछिल्लो समय भने उनीहरुको सम्बन्ध राम्रो भएको पनि बताए । उनले दुईवटा विवाह गरेका हुन् । जेठी श्रीमती मानसिक रुपमा विरामी भएका कारण उनले दोस्रो विवाह गरेका हुन् । जेठी श्रीमतीवाट दुई छोराछोरी र कान्छी श्रीमतीवाट एउटा छोरा छ । जेठी श्रीमतीवाट जन्मिएको एउटा छोरीको सानैमा निधन भएको छ ।

उनले सोमवार साँझ घटनाबारे जानकारी पाएको बताइन् । उनले आफ्नो बुवा नभएको र कृष्णबहादुरले नै आफुलाई बुवाको माया दिएको बताएकी छन् । कृष्णबहादुरले नै उनलाई पालेका थिए । पढाउने लेखाउने सबै कृष्णबहादुरले नै गरेका थिए । २ वर्षको उमेरमा आफ्नो बुवा तत्कालिन माओवादी द्ध न्द्धमा गुमाएकी थिइन् । त्यसपछि कृष्णबहादुरले नै छोरी सरह माया गरेर पालन पोषण गरेका छन् । उनले अहिले आफ्नो अंकललाई त्यस्तो बनाउनेलाई कडा कारवाही गर्न माग गरेकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!