Sunday, July 11, 2021
Home > समाचार > भारतबाट आइरहेका साइकलवालाको आलुको बोरा खोलेर हेर्दा सशस्त्र प्रहरी नै बने तिनछक्क

भारतबाट आइरहेका साइकलवालाको आलुको बोरा खोलेर हेर्दा सशस्त्र प्रहरी नै बने तिनछक्क

महेन्द्रनगर: ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद लागिरहेको आलुको बोरा जब खोलेर हेर्दा प्रहरी नै चकित परेका थिए, कारण थियो बोराभित्र आलुभन्दा बढी भारतिय नोटको बन्डलै बन्डल थियो।भजनी नगरपालिका ३ नेपाल-भार सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाएर ल्याउँदै गरेको भारतीय रुपैयाँसहित ३१ वर्षीय जोशीलाई से४प ६७६० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएइएको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए।

जोशीलाई इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको उनले जानकारी दिए । उक्त रकम त्यहाँबाट प्रकिया पूरा गरी राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।भारतीय शहर दिल्लीमा एकजना व्यापारीको केही दिन अगाडि मात्रै करोडौं रकम चोरी भएको थियो ।रकम चोरी भएदेखि नै ती व्यापारीकहाँ काम गर्ने तीन जना नेपालीहरु फरार रहेका कारण प्रहरीले फेला पारेको रकम भारतीय व्यापारीको हुनसक्ने श्रोतको भनाइ छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!