Wednesday, December 8, 2021
Home > समाचार > अन्ततः नराम्रोसग फसे एसपी बिष्ट ! गृहमन्त्री ले दिए यस्तो आदेश …पूरा हेरि सक्दो शेयर गरौ

अन्ततः नराम्रोसग फसे एसपी बिष्ट ! गृहमन्त्री ले दिए यस्तो आदेश …पूरा हेरि सक्दो शेयर गरौ

दौमा विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरिएको थियो ।प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ । प्रारम्भिक चरणदेखि नै प्रहरी अनुसन्धानमा लापरवाही भएको निष्कर्ष निकालिएको हो ।प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयमा एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको विषयमा छलफल चलिरहेको छ ।यसअघि ३० भदौमा अनुसन्धानमा खटिएका ५ प्रहरी अधिकारीलाई निलम्बन गर्ने बेलामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालको मत बाझिएको थियो ।

त्यसबेला खनालले ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भनेका थिए ।हाल एसपी विष्टका कारण प्रहरी संगठन नै बदनाम हुँदै गएको र पछिल्लो समय सोही प्रकरणलाई जोडेर आईजीपीकै राजीनामा माग्न थालिएपछि विष्टलाई बर्खास्त गर्ने मुडमा प्रहरी प्रधान कार्यालय पुगेको उच्च स्रोतको दाबी छ ।

उच्चस्तरीय समितिको प्रतिवेदन आइसकेको छ । र, त्यहाँ विभागीय कारावाहीको सिफारिस गरिएको छ ।तर, प्रहरी प्रधान कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा प्रहरीको कमिकमजोरी बारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुरुप कारवाही हुने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए ।

प्रहरी महानिरीक्षक खनाल एआईजी बस्न्यात नेतृत्वको समितिको प्रतिवेदनको पर्खाइमा रहेको स्रोतको दाबी छ । र, पछिल्लो समय उनी पनि एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको मुडमा पुगेको दाबी गरिन्छ ।यद्यपि, एसपी विष्टको जागिर रहन्छ या रहँदैन भन्ने विषय बस्न्यात नेतृत्वको समितिको प्रतिवेदनमा अडिएको ती अधिकारी बताउँछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!