Sunday, July 18, 2021
Home > समाचार > धादिङको बैरेनी ब्यारेकमा कार्यरत सेनाका जवान सहित चारजना नागढुंगाबाट पक्राउ, यस्तो छ कारण – सक्दो शेयर गरौ

धादिङको बैरेनी ब्यारेकमा कार्यरत सेनाका जवान सहित चारजना नागढुंगाबाट पक्राउ, यस्तो छ कारण – सक्दो शेयर गरौ

काठमाडौं : काठमाण्डौको थानकोटबाट नेपाली सेनाका २ जवान सहित ४ युवा बाघको छालासहित पक्राउ परेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा स्थायी घर भइ हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास निर्माण बाहिनीमा कार्यरत जवान गोरखाका सलिम मिया, कपिलवस्तुका राजन थापा र अर्घाखाँचीका मानबहादुर नेपाली पक्राउ परेका हुन् ।

कपिलवस्तुबाट काठामाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरु सोमबार राति थानकोटस्थित नागढुंगाबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले पूर्व सूचनाको आधारमा उनीहरुलाई नागढुंगास्थित पिपलबोटबाट पक्राउ गरेको बताएको छ ।

प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए अनुसार अभियुक्त चारजनाले कपिलवस्तुबाट काठमाडौं छाला कारोवार गर्ने क्रममा थिए । साथै उनीहरुले काठमाडौंमै उक्त छाला ७६ लाख रुपैयाँमा बिक्रीको तयारी भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!