Tuesday, August 11, 2020
Home > जीवनशैली > एकैदिन एउटै घरका गर्भवती बनेका दिदी बहिनीको खुल्यो यति ठूलो रहस्य,थाहा पाएर दिदी बहिनी नै चकित…

एकैदिन एउटै घरका गर्भवती बनेका दिदी बहिनीको खुल्यो यति ठूलो रहस्य,थाहा पाएर दिदी बहिनी नै चकित…

काठमाडौ ।

एउटी आमाका लागि आफ्नो शरिर भन्दा पनि आफ्ना सन्तान कति प्यारो हुन्छन् भन्ने विभिन्न उदाहरण देखिदै आइएको छ । त्यस्तै उदाहरण हुन् लक्ष्मी कार्की । भर्खर ३४ बर्षको उर्जाशील उमेरमा ओछ्यान परेर छोराछोरीले स्याहार्नुपरेको अवस्थामा रहेकी उनी आफ्ना लागि भन्दा पनि बच्चाहरुका लागि बाच्न चाहन्छिन् ।

तर उनीसँग नाम जस्तै उनको साथमा धन भैदिएको भए आज यो गति हुने थिएन । गरिबीको चपेटामा परेकी यी महिलालाई श्रीमानले मात्र हैन नियतिले पनि खेलबाड गरेझैँ लाग्छ ।

तत्कालीन रामेछाप दुरागाउ गाविस निवासी ३४ बर्षिया लक्ष्मी कार्की १२ बर्ष अघि रुखबाट लडेर मेरुदण्डमा ठूलो चो’ट पुगेसँगै उनका सपना र योजना च’क’नाचुर भयो । रुखबाट ल डेपछि कम्मर मुनीको भाग पुरै नचल्ने भयो । यो अवस्थामा जन्मदिने बाबुले बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ल्याई उपचार गराउनुभयो ।

लक्ष्मी र उनका बुबालाई डिपोजित भनेको के हो थाहा रहेनछ । अस्पतालले तत्काल पैसा डिपोजिट गर्नु भन्यो तर उनीहरुसँग पैसा थिएन । उनीहरुले त्यहाँ उपचार पाउँन सकेनन् । उनी उपचार नपाई फर्किइन् । अब उनी ओछ्यानमा नै छिन् । कसैको सहयोग पाए फेरी उपचार गराएर पुर्नजीवन पाउने आशा अझै हराएको छैन । यसैले उनी अपिल गरिरहेकी छिन् । मलाई सहयोग गर्नुहोस् । मेरा दुई सन्तानका लागि बाँच्न चाहान्छु ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!