Tuesday, August 11, 2020
Home > भिडियो > कार्टुनमा भेटिएकि बच्चा र आमालाई न्वारनको दिन राशनदेखि भालेसम्म उपहार (भिडियो सहित)

कार्टुनमा भेटिएकि बच्चा र आमालाई न्वारनको दिन राशनदेखि भालेसम्म उपहार (भिडियो सहित)

काठमाण्डाैं ।

करिब एक हप्ता अगाडि कपनमा बिस्कुटको कार्टुनमा फेला परेकी बालिकाको न्वारन गरिएको छ । उनको आइतबार बिहान हिन्दू परम्परा अनुसार धार्मिक बिधी सहित न्वारन गरिएको हो ।

ब्राह्मणले उनको नाम रितिका राखेका छन । तर यस अघी उनलाई पुष्पा अधिकारीले प्राप्ती नाम राखेर सम्बोधन गर्नु भएको थियो ।
बिहानै देखी यहाँ सहयोग गर्न आउने र भिडियो खिच्नेको चहलपहल देखिएको छ । तर यसै समयमा कोही रासन बोकेर आएका छन त कोही भाले ।

उपहार जे जती बोकेर बच्चालाई भनी ल्याए पनी सबै महिलाको एउटै आवाज थियो । आफुले जन्माएको बच्चालाई त्यसरी छोड्न नहुने ।

एक महिलाले भनिन “आमाको होला कुनै बाध्यता तर त्यस्ता बाध्यताको सामना गर्न सक्नु पर्थ्यो । समाजमा अझै पनि धेरै सहयोगी मन भएकाहरु छन जसको कोही हुन्न उसको भगवान छन भन्ने बुझ्नु पर्ने बताउनु भयो ।

हेर्नुहोस् यो भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!