Saturday, August 15, 2020
Home > समाचार > जनकपुरमा संक्रमण बढेसँगै निषेधाज्ञा जारी हुदै…

जनकपुरमा संक्रमण बढेसँगै निषेधाज्ञा जारी हुदै…

जनकपुरधाम।

जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो।

यो पनिः १५ दिन कफ्र्यु लगाउनुपर्छ : डा. रवीन्द्र पाण्डे

कोरोना सङ्क्रमण बढ्न थालेपछि जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले १५ दिन कफ्र्यु लगाउनुपर्ने बताएका छन् । उनले अधिकांश जिल्लामा सङ्क्रमण बढेको उल्लेख गर्दै नेपालका सिमाना जोडिएका भारतको उत्तर प्रदेश, बिहार तथा पश्चिम बङ्गालमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएकाले यस्तो अवस्थामा सिमाना सिल नगर्नु प्रत्युत्पादक बन्ने उल्लेख गरेका छन् ।

विराटनगर, इटहरी, कपिलवस्तु, कैलाली पहाडी जिल्ला बझाङ, दैलेख लगायत जिल्लाहरू क्लस्टर अफ केसेसबाट सङ्क्रमण अघि बढेकाले ठूलो मात्रामा सङ्क्रमण फैलिएको स्थानमा कफ्र्यु लगाउनुपर्ने बताउँछन् ।

सङ्क्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौँ उपत्यकामा मान्छेहरू आइरहेको हरेक व्यक्तिको पीसीआर परीक्षण गरेर रिपोर्ट आउनेबेलासम्म होल्डिङ सेन्टरमा राखेर प्रवेश गर्न अनुमति दिने, लुकेर आउने बाटोमा आवतजावत प्रतिबन्ध लगाउने तथा गम्भीर बिरामीलाई सीधै अस्पताल पुर्याउने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

काठमाडौँ उपत्याका, काठमाडौँ आउने बाटोका क्षेत्र, भारतसँग सिमाना जोडिएका जिल्लाहरू तथा सङ्क्रमण फैलिएका पहाडी जिल्ला तथा अन्य ठूलो जनघनत्व भएका सहरमा १५ दिन कफ्र्यु लगाउनु जरुरी रहेको उनको धारणा छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!