Tuesday, August 11, 2020
Home > समाचार > ३ दिनसम्म यात्रु बोकेका ट्याम्पो चालकलाई कोरोना लागेपछि…

३ दिनसम्म यात्रु बोकेका ट्याम्पो चालकलाई कोरोना लागेपछि…

काठमाडौं।

काठमाडौंमा सफा ट्याम्पो चालकलाई कोरोना भाइरस रोग (कोभिड – १९) पुष्टि भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राईले शनिबार ४७ वर्षका पुरुष ट्याम्पो चालकलाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित चालक लकडाउन भएपछि सुदुरपश्चिम जानुभएकोमा ४ दिनअघि मात्रै काठमाडौं आउनुभएको र फर्कने क्रममा उहाँकाे नागढुंगा नाकामा स्वाब संकलन गरिएको थियो।

स्वाब संकलन गरेपछि ती चालकले ३ दिनसम्म शंखमुल रुटमा ट्याम्पो चलाउनुभएको थियो । शनिबार पनि ट्याम्पो चलाउदै गर्दा उहाँको रिपोर्ट पोजेटिभ रहेको जानकारी ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गरेको थियो । हालसम्म नेपालमा २ जना यातायात व्यवस्यामा संलग्न व्यक्तिलाई कोरोना पुष्टि भएको छ जसमा एक जनाको मृत्यु भइसकेको छ।

सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सन्चालनमा ल्याएको थियो । सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सन्चालनमा ल्याउने निर्णय गरिसकेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!