Thursday, December 9, 2021
Home > समाचार > १६ घण्टामै श्रेयाको हत्यारा समात्न सफल प्रहरी प्रमुख ओमबहादुरले गरे अर्को कमाल , सम्मान स्वरुप एक शेयर गरौ

१६ घण्टामै श्रेयाको हत्यारा समात्न सफल प्रहरी प्रमुख ओमबहादुरले गरे अर्को कमाल , सम्मान स्वरुप एक शेयर गरौ

१६ घण्टामै श्रेयाको हत्या गर्ने अपराधी समात्न सफल कास्की प्रहरी प्रमुख ओमबहादुर राना मगरलाई फेरी सलाम, श्रेयाको परिवारलाई गरे फेरि ठूलो सहयोग

बलात्कारपछि हत्या गरिएकी श्रेया विकको परिवारलाई कास्की प्रहरीले आफूले सम्मानसहित पाएको नगद हस्तान्तरण गरेको छ । किराँत सेवा समाज कास्कीले कास्की प्रहरीले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै गत शनिबार सम्मान गरेको थियो ।

कास्की प्रहरी प्रमुख ओमबहादुर राना मगर, कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीलाई नगदसहित सम्मान गरिएको थियो ।

सोमबार श्रेयाको घरमा पुगी गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढा, कास्की प्रहरी प्रमुख मगरलगायतले सम्मानस्वरुप प्राप्त रु २० हजार आज श्रेयाकी आमा बेलकुमारीलाई हस्तान्तरण गर्नुभयो । रासस

Leave a Reply

error: Please Dont Copy My Content!! !!