Saturday, August 15, 2020
Home > धर्म सँस्कृति > बनेपाकाे चण्डेश्वरी मन्दिर यस्तो! मनले चिताएकाे पुरा हुनेछ, शेयर गराैं (तस्विरहरू सहित)

बनेपाकाे चण्डेश्वरी मन्दिर यस्तो! मनले चिताएकाे पुरा हुनेछ, शेयर गराैं (तस्विरहरू सहित)

बनेपा । बनेपा नगरपालिका वडा नं. अन्तर्गत रहेको चण्डेश्वरी मन्दिरभित्र रहेको शिवको मन्दिर २०७२ सालको भुईचालोले भत्किएको थियो । जिल्लाकै पर्यटकिय र धार्मीक गन्तव्यको रुपमा रहेको चण्डेश्वरी मन्दिरमा भएको विनासका कारण यसको आकर्षण घट्दै गएको थियो । भुईचालोको अवस्था केहि सहज भएसँगै पुरातत्व विभागले चण्डेश्वरी मन्दिरमा रहेको शिव मन्दिरको पुनः निर्माणको कार्य प्रत्यक्ष निगरानीमा रहि सम्पन्न गरिएको छ ।

छव्विस तोला सुनको गजुर सहित पुनः निर्माणको कार्य सम्पन्न भएको योजना प्रमुख मोहन शिं लामाले जानकारी दिनुभयो । मन्दिरको निर्माणको लागि खोलिएको टेण्डर प्रक्रियामा बाईस प्रतिशत विलोमा गएर एक करोड तीन लाखमा टेण्डर हाल्ने रामसागर रसीस एण्ड डोगरा केदार जे.डि. नामक कम्पनिले पुनः निर्माणको कार्य गरिरहेको छ ।

यस कार्य अन्तर्गत पहिलो र दास्रो गरी सत्तरी लाख रकम भने विनियोजन गरिसकिएको योजनाको पहिलो ईन्जिनियर मोहन श्रेष्ठले बताउनु भयो । मन्दिर निर्माण कार्य २०७५ पुस मसान्तभित्र नै सकिनु पर्नेमा नसकिएको कारणले एक वर्ष मिति थप गर्दा २०७६ पुस मसान्तसम्मको समयावधी छुट्टाईएको थियो ।

तर, निर्धारीत समयमा समेत कार्य सम्पन्न नभएका कारणले माघदेखि भने प्रत्येक दिन पाच हजार एक सयको दरले जरीबाना समेत गरि साउनसम्मको मिति थप गरिएको थियो । यो जरीवाना लकडाउनको समयमा सरकारले कटौति गरिदिएको योजनाका हालको ईन्जिनियर प्रेम लक्ष्मि शाक्यले बताउनु भयो ।

आफ्ना वडामा रहेका विभिन्न धार्मीक केन्द्रलाई समेत जिल्लाकै उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउनका निम्ती विभिन्न संस्थासँग समन्वय समेत गर्ने र आफ्नो प्रत्यक्ष निगरानी समेत राखेर कार्य गर्न पछाडि नहट्ने समेत वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो । यसैगरी मन्दिरमा उत्पन्न हुने फोहोरलाई व्यवस्थित गरेको गार्डेनसम्मको व्यवस्था गर्ने योजना वडाको रहेको समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । साथै शुक्रबार बेलुकी ५ बजे गजुरको औपचारीक पुजा समेत गरिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!