Saturday, August 15, 2020
Home > अन्तराष्ट्रिय > ट्वीटर ह्याक प्रकरणबारे अमेरिकामा खुल्यो यस्तो रहस्य!

ट्वीटर ह्याक प्रकरणबारे अमेरिकामा खुल्यो यस्तो रहस्य!

काठमाडौँ –


अमेरिकामा १५ दिनअघि भएको ट्वीटर ह्याक प्रकरणको आरोपमा तीन जनालाई मुद्दा दायर गरिएको छ ।

एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर एकाउन्ट जुलाई १५ मा ह्याक गरिएको थियो ।

उक्त प्रकरणको अभियोगमा मुद्दा दर्ता गराइएकोमा बेलायतको तटीय क्षेत्र बोग्नर रिजेसका १९ वर्षका म्यासन शिपार्ड छन् । सोही घटनामा संलग्न भएको आरोपमा ओरलाण्डोका २२ वर्षीया ताम्पा र निमा फाजेलीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अमेरिकाको न्याय विभागले जस्तोसुकै नियत राखेर गरिएको भए पनि सामाजिक सञ्जाल ह्याक गर्नेलाई कडा कारबाही गरिने जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!