Tuesday, August 11, 2020
Home > अन्तराष्ट्रिय > सुशान्तकि गर्लफ्रेण्ड भनिएकाे रियाको खुल्यो यस्तो रहस्य, सुशान्तकाे खाताबाट १५ करोड ट्रान्सफर!

सुशान्तकि गर्लफ्रेण्ड भनिएकाे रियाको खुल्यो यस्तो रहस्य, सुशान्तकाे खाताबाट १५ करोड ट्रान्सफर!

एजेन्सी । भारतीय लोकप्रिय नायक सुशान्त सिंह राजपुतका पिताले सुशान्तकि कथित प्रेमिका रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता गरेसँगै सुशान्त प्रकरणले फरक मोड लिएको छ । सुशान्तका पिताले रिहाले सुशान्तको बैंक एकाउन्टबाट १५ करोड रुपैयाँ ट्रान्सफर गरेको सहित कैयौँ गम्भिर आरोप लगाए लगत्तै प्रहरीले अहिले रियालाई केन्द्रविन्दुमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

रियाले आफ्नी आमा, भाई र आफ्नो खातामा रकम ट्रान्सफर गरेको भन्दै सुशान्तका बाबु केके सिंहको आरोपमा कति सत्यता छ भन्ने विषयमा पटनाबाट मुम्बई गएका ४ प्रहरी अधिकारी सहित मुम्बई प्रहरीले छानबिन सुरु गरिसकेको बताइएको छ ।

रिया विरुद्ध सुशान्तका बुबाले गम्भिर आरोप लगाए लगत्तै रिया सर्वोच्च अदालत पुगेर आँफु सुशान्तसँग लिभिङ टूगेदरमा बसेको समेत उनले जानकारी दिएकी छिन् । प्रहरीले रियाले रकम ट्रान्सफर गरे नगरेको विषयमा रिया, उनका भाई र आमाको खाता छानबिन गरिरहेको जनाएको छ । समाचार एजेन्सीहरुका अनुसार रियाले सुशान्तको खाताबाट पैसा भाई प्रमुख रहेको कम्पनीमा पठाएको भने देखिएको प्रहरीले जनाएको छ ।

यसैबिच बलिउड चर्चित नायिका कंगना रनावतले बलिउड अभिनेता सुशांत सिंह राजपूत मृत्यु प्रकरणको मुद्धामा उनको परिवार पैसामा मात्रै केन्द्रित भएको बताएकी छिन् । सुशान्तको परिवारले नेपोटिज्मको खास विषयलाई ओझेलमा पारेर पैसाको पछि लागेको कंगनाको निष्कर्ष रहेको छ ।

लामो समयदेखि नेपोटिज्मको विरुद्धमा बोल्दै आएकी नायिका कंगना र कंगना रनावतको टिमले गम्भिर मुद्धामा परिवारले बेवास्ता गद्र्यै पैसाको पछाडी लाग्दा भोलीका दिनमा पनि यस्ता समस्याहरु देखिने हुनाले यो समय भनेको नेपोटिज्ज लगायतका दुब्र्यबहारहरुबारे सबै मिलेर लड्नुपर्ने आवश्यकता रहेको औँल्याइन् ।

सुशान्तका बुबा केके सिंहले छोरा सुशांत सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती र उनको परिवार बिरूद्ध एफआईआर दर्ता गर्दै रियाले सुशान्तको पैसा हिनामिना गरेको लगायतका कैयन आरोपहरुपछि रिया थप रणनीति बनाउन भन्दै भूमिगत भएको समाचारमा जनाइएको छ ।

यद्यपी रियाले सुशान्त प्रकरणमा आफु निर्दोश भएको प्रमाणित गर्न लागि रियाले देशको सबैभन्दा महङो वकिललाई हातमाm लिएकी छिन् । सलमान खान र संजय दत्तको मुद्दा हेरिसकेका वकिल सतिस मनोसिन्दे उनको पक्षमा बहस गर्ने भएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!