Monday, May 23, 2022
Home > खेलकुद > आइसिसी विश्व टी–२० छनोट :नेपाल vs भूटानको LIVE हेर्नुहोस

आइसिसी विश्व टी–२० छनोट :नेपाल vs भूटानको LIVE हेर्नुहोस

काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपाल अहिले भूटानसँग भिड्दैछ।

भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको छ भने नेपालले अहिले ब्याटिङ गरिरहेको छ। यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ। खेल मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ।

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।

खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुहोस्

हेर्नुहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!