Saturday, August 15, 2020
Home > समाचार > आज राति १२ बजेदेखि यी स्थानहरूमा फेरि १४ दिनसम्म लकडाउन लागू गरिने

आज राति १२ बजेदेखि यी स्थानहरूमा फेरि १४ दिनसम्म लकडाउन लागू गरिने

काठमाडौं, १६ साउन ।

सुमदायमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै विराटनगर महानगरपालिकाले आज राति १२ बजेदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने भएको छ ।

संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्न लागिएको विराटनर महानगरका मेयर भीम पराजुलीले न्यूज २४ लाई जानकारी दिनुभयो ।

हिजो बिहीबार मोरङमा एक कोरोना संक्रमितको मृत्यु भएपछि महागनगरपालिका भित्र झनै भय बढेको थियो । खुला सीमाका कारण पनि भारतबाट निर्वाध संक्रमित प्रवेश गर्न थालेपछि विराटनगर महानगरसंग अन्य विकल्प नरहेको पनि मेयर पराजुलीले बताउनु भयो ।

विराटनगर महानगरपालिका भित्र हालसम्म १ सय ७ जना संक्रमित फेला परेका छन् । न्यूज् २४ बाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!