Tuesday, August 11, 2020
Home > समाचार > राजधानीमा बढ्दो खतराः नाकामै २४ जनाकाे काेराेना पोजेटिभ!

राजधानीमा बढ्दो खतराः नाकामै २४ जनाकाे काेराेना पोजेटिभ!

काठमाडौं ।

काठमाडौं भित्रने मुख्य ३ नाकाबाट संकलन गरिएको नमुनामध्ये २४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साँगा, फर्पिङ र थानकोटबाट संकलन गरिएको नमुनामध्ये ३ हजार ४४४ जनाको परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

साँगाबाट २ हजार ४०९, फर्पिङबाट १ हजार २८२ र थानकोटबाट ४ हजार ७१० गरि ८ हजार ४०१ नमुना संकलन भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको संक्रमणको अवस्था बुझ्न नाकामै यात्रुहरुको नमुना संकलन गरेको थियो । पहिलो चरणमा १० हजार यात्रुको पीसीआर परीक्षण गर्ने मन्त्रलायको योजना छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!