Friday, July 16, 2021
Home > समाचार > सुनचाँदी पसलका पसलेद्वारा आफ्नै पसलमा काम गर्ने कालिगडको हत्या !

सुनचाँदी पसलका पसलेद्वारा आफ्नै पसलमा काम गर्ने कालिगडको हत्या !

तनहुँ: तनहुँ जिल्ला मिर्लुङ, कवाचित घर भै तनहुँ चुदी रम्घा बस्दै आएका एक परिवार माथी अहिले बर्जपात परेको छ।भानु नगरपालिका चुंदी रम्घाका दिपक सुनार बिक केही समय यता तनहुँ ,डुम्रे बजार मा रहेको (स्नेहा एन्ड जेनिका) सुनचाँदी पसल मा काम गर्दै आएका थिए। तर, अकस्मात असोज १९ गते बिहान उनि आफुले काम गर्ने पसलेकै घरमा झुन्डिएको अवस्थामा भेटिए । उनी केहि समय यता पसलमा कालिगडको रुपमा काम गर्ने गर्दथे र पसल संचालककै घरमा बस्दै आएका थिए। तर, अस्ति १९ गते बिहान उनी कोठामा अकस्मात् झुन्डिएको अवस्थामा भेटिदाँ परिवार माथी ठूलो बर्जपात परेको छ ।

१९ गते पसल संचालक कै घर मा झुन्डिएको लास को अवस्था हेर्दा आफै झुन्डिएको वा कसैले झुन्ड्याएको भन्ने कुरा बिवादित बनिरहेको छ। झुन्डिएको शरीरमा हेर्दा चोटै चोट देखियो , लगाईएको पासो पनि उल्टो किसिमको थियो डोरिको गाँठो अगाडि चिउँडो तल तेत्ती नकस्सिएको अवस्था को थियो र खुट्टाले भुइँमा छोएको थियो । लास हेर्ने स्थानीयले र आफन्तले यो कुनै आत्माहत्या नभै हत्या गरि नाटकीय रुपमा झुन्ड्याईएको हो भनेर ठोकुवा गरिरहेका छन्।

अहिले लास जिल्ला अस्पताल दमौलीमा रहेकोे छ। जिल्ला प्रहरी कार्यलयमा अनुसन्धान भैरहेको छ। स्थानीय र आफन्तले यो युवाको आत्मा हत्या नभै हत्या नै भएको हो ,, हत्यारा पहिचान गरि हत्यारा लाई कडा भन्दा कडा कारबाही गरि मृतकलाई न्याय दे भन्दै नारावाजी गरिरहेका छ्न।

लासको छातीमा मुड्कीको डाम , एउट अण्डाशय फुटेको

अवस्था , शरीरमा निलडामहरु स्पष्ट देख्न सकिन्छ सम्पुर्ण लासको अवस्था हेर्दा हत्या नै भएको हो भनेर भन्न सक्ने अवस्था भएकोले लासको पोस्टमार्टमा कुनै घुसपैठ नभै निष्पक्ष हुनुपर्ने माग स्थानीय र आफन्तले राखेका छ्न।

हत्यारा नेपालको कानुनलाई नै चुनौती दिंदै पैसा र शक्तिको आडमा कानुन हातमा लिई, यी श्रमिक युवाको हत्यागरि यो घट्नाबाट उम्कन खोजेको आरोप स्थानीय र आफन्त को छ।पसल संचालक तनहुँ जिल्ला प्रहरीको निगरानी मा छ्न।

Leave a Reply

error: Please Dont Copy My Content!! !!