Saturday, August 15, 2020
Home > समाचार > निर्मला बला त्कार-ह त्या प्रकरणका आरोपीहरू ८ जना प्रहरीले पाए सफाई

निर्मला बला त्कार-ह त्या प्रकरणका आरोपीहरू ८ जना प्रहरीले पाए सफाई

कञ्चनपुर–

दुई वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त बला’त्कार तथा ह’त्या प्रकरणको अनुसन्धानमा या’तना दिएको तथा प्रमाण नष्ट गरेको आ’रोपमा निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलाशले आज सफाइ दिएको छ ।

सफाइ पाउनेमा प्रहरी नायब उपरीक्षक (डिइसपी) अंगुर जिसी, अर्का डिएसपी ज्ञानेन्द्रबहादुर सेट्ठी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकेन्द्र खड्का, जवान चाँदनी साउद, हरिसिंह धामी, जगदीश भट्ट र रामसिंह धामी छन् ।

निर्मलाको दुई वर्षअघि साउन १० गते बला’त्कारपछि ह’त्या भएको थियो । भने अहिलेसम्म् कुनै पनि कानुनी प्रकृयामा सजाय पाउन सकेका छैनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!