Saturday, August 15, 2020
Home > अन्तराष्ट्रिय > चीनकाे यद्धक विमानकाे सफल परिक्षणले ट्रम्प र मोदीकाे टाउकाे दुखाइ!

चीनकाे यद्धक विमानकाे सफल परिक्षणले ट्रम्प र मोदीकाे टाउकाे दुखाइ!

एजेन्सी ।

चीनको जमिन र पानी दुबैमा चल्ने विमानद्वारा समुद्रमा पहिलो उडान पूरा गरेको छ । आइतवार पूर्वी चीनको सान्डोङ्ग प्रान्तको तटीय सहर क्वीन्डाओमा यसको सफल परिक्षण भएको हो ।

स्थानीय समय अनुसार १०ः१८ बजे समुद्रबाट उडेका विमान ३१ मिनेट आकाशमा रहेको चीनको प्रान्तीय उड्डयन उद्योग निगम( AVIC)ले जनाएको छ । सन् २०१७ को जमिनबाट उडान र सन् २०१८ को पानीबाट भएको पश्चातको उडान आइतवारको समुद्रमा भएको सफल उडान ठूलो सफलता भएको एभीआइसी( AVIC)ले जनाएको छ ।

यो विमान एजी६०० विश्वको सबैभन्दा ठूलो उभयचर (पानी र जमिन दुबैमा) विमान हो । आपतकालिन उद्धार र प्रकृतिक विपद् रोकथाम र नियन्त्रणका गर्न चीनले विकास गरेको यो पहिलो विशेष विमान हो ।

यो विमान जंगलमा लागेको आगो निभाउन समुद्रमा हुने दुर्घटनामा उद्दार र राहतको कार्य गर्न र सामुद्री वातावरणको अनुगमन गर्न सक्षम रहेको छ । ३७ मिटर लामो यो विमानको बोइङ ७३७ जति नै ठूलो छ । विमानले ४ हजार ५ सय किलोमिटरसम्म यात्रा तय गर्न सक्दछ ।

यो नयाँ विमानकाे सफल परिक्षण पश्चात अमेरिकी विस्तारबादका नायक राष्ट्रपति ट्रम्प र भारतिय विस्ताबादकि पुजारी मोदीकाे भने पक्कै टाउकाे दुखाइ हुनेछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!