Saturday, August 15, 2020
Home > प्रविधि > एनटिसीले ल्यायो नयाँ सेवा! ग्राहकलाइ सजिलो कि उस्तै!

एनटिसीले ल्यायो नयाँ सेवा! ग्राहकलाइ सजिलो कि उस्तै!

काठमाडाैं । नेपाल टेलिकमले रिचार्ज गर्न र नयाँ प्रिपेड सिम एक्टिभ गर्न नयाँ व्यवस्था गरेकाे छ ।

टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि *४१२# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जीएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ ।

यो सुविधाबाट आफ्नो मात्र नभइ अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्याण्ड लाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाईम्याक्स सेवा र सिप सेवाहरुको रिचार्ज नयाँ कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम सुरु गर्न अहिले १४१५ मा कल गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी सेवा सुरु गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!