Saturday, August 15, 2020
Home > भिडियो > महिला अधिकारकर्मीको आ’क्रोश ए’सिड आक्रमण गर्नेलाई गो’ली ठोक! (भिडियो सहित)

महिला अधिकारकर्मीको आ’क्रोश ए’सिड आक्रमण गर्नेलाई गो’ली ठोक! (भिडियो सहित)

काठमाण्डाैं ।

एसिड फ्यांक्नेलाई नक्कली बन्दुक भनेर सक्कली गो ली ठो क भन्दै पवित्रा कार्कीलाई ए सिड हान्नेलाई कडा कारवाही होस् भनी आज माइतिघर मण्डलामा सारा फाउण्डेशनले बिरोध कार्यक्रमको आयोजना गर्‍यो ।

सारा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा महिला अधिकारकर्मी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । देशमा बिभिन्न समयमा महिला माथि भै रहेको अन्याय अत्याचार, बलात्कार र एसिड आक्रमण जस्ता जघन्य अपराध गर्ने अपराधी लाई कुनै पनि हालतमा सामान्य सजायबाट उन्मुक्ति दिन नहुने बताएका छन ।

आवश्यकता अनुसार कानुन मा संसोधन ल्याएर भएपनी त्यस्ता अपराधी लाई कडा भन्दा कडा सजाय हुनु पर्ने जोड दिएका छन ।

करिब २ घण्टा सम्म माइतिघर मण्डलामा उनीहरुले पवित्रा कार्कीलाई न्याय देउ भन्दै ब्यानर बोकेर प्रदर्शन गरेका थिए । संयोजक सर्मिला थापाले सो कार्यक्रममा सम्बोधन गर्दै अपराधीलाई उन्मुक्ती दिने अवसर दिन नहुने र पीडित पक्षको साथमा रही न्यायका लागि एक्यबद्धता जनाएको बताएकी छिन् ।

हेर्नुहोस् भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!