Saturday, August 15, 2020
Home > समाचार > नेकपा विवाद चरम उत्कर्षमामा पुगेपछि मन्त्री भट्टराई लेखे यस्तो ट्विट!

नेकपा विवाद चरम उत्कर्षमामा पुगेपछि मन्त्री भट्टराई लेखे यस्तो ट्विट!

काठमाडौं, १३ साउन ।

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको यही अवस्थालाई संकेत गर्दै नेकपाका नेता एवं पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना उन्मुख रहेको बताउनुभएको छ ।

मंगलबार (आज) ट्वीट गर्दै मन्त्री भट्टराईले भन्नुभएको छ, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं ।’ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै पनि इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो ट्वीट गर्नुभएको हो ।

नेकपाभित्रको आन्त्रिक विवाद उत्कर्षमा पुगिरहँदा मंगलबार विहान प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्नुभएको थियो । तर, ओली इतर समूहले स्थायी समिति बैठकलाई निरन्तरता दिएको छ ।

स्थायी कमिटी बैठकलगायतका विषयलाई लिएर अहिले प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एवं वरिष्ठ नेता झलनाथ खनालबीच छलफल जारी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!