Tuesday, August 11, 2020
Home > प्रवास > प्रेमिका भेट्न अमेरिकाबाट सिड्नी गएका यिनले प्रेमिकाकै साथीलाई र’क्सी खुवाएर बला’त्कार

प्रेमिका भेट्न अमेरिकाबाट सिड्नी गएका यिनले प्रेमिकाकै साथीलाई र’क्सी खुवाएर बला’त्कार

गर्लफ्रेण्ड भेट्न अस्ट्रेलियाको सिड्नी गएका एक नेपालीले त्यहाँ गर्लफ्रेण्डकै रुम पार्टनरलाई र’क्सी खुवाएर बला’त्कार गरेको अभियोगमा अदालतमा सुनुवाइ सुरु भएको छ । ३६ वर्षका नेपाली बलराम शिवमाथि २०१७ को जून १३ मा आफ्नी गर्लफ्रेण्डसँग एउटै कोठामा बस्ने विदेशी साथी १९ वर्षकि युवतीलाई बला’त्कार गरेको आरोप छ । सिड्नी मर्निङ हेराल्डका अनुसार सोमबार न्यू साउथ वेल्सको जिल्ला अदालतमा पेश गरिँदा बलरामले भने आफूमाथि लागेको आरोप अ’स्वीकार गरेका छन् ।

समाचारमा जनाइएअनुसार बलराम अमेरिकामा बस्दै आएका थिए र घटनाको एक हप्ता अघि अस्ट्रेलिया गएर गर्लफ्रेण्डसँग बस्दै आएका थिए । पहिल्यै रेकर्ड गरिएको बयान सोमबार अदालतमा देखाइएको थियो जसमा पीडित युवतीले आफूले आफ्नी रुम पार्टनर (बलरामकी गर्लफ्रेण्ड)लाई उनको ब्वाइफ्रेण्डलाई स्वागत गर्नको लागि केक किन्न सहयोग गरेको बताइन् । त्यो दिन उनले बलरामसँग केही समय बिताएको पनि उनले बताएकी छिन् ।

प्रोसिक्युटर (पीडित पक्षका वकिल) लुई क्रिस्टफले अदालतमा सुनुवाइका क्रममा बताए अनुसार बलरामकी गर्लफ्रेण्ड त्यस दिन अर्को साथीकहाँ पढ्नको लागि बसेकी थिइन् । गर्लफ्रेण्ड नभएको बेला आएका बलरामले म”दिराको बोतल बोकेर आएका थिए र पीडित युवती र अर्की एक साथीलाई आफूसँगै मदिरा पिउन आग्रह गरे । दुवै युवतीले उनको आग्रह स्वीकार गरे । तीन जनाले पहिलो बोतल सकेपछि बलरामले अर्को बोतल किनेर ल्याउन उबर (ट्याक्सी) बोलाउन प्रस्ताव गरे । दुवै युवतीले यो प्रस्ताव पनि स्वीकार गरे । यी घटनाक्रमको क्रममा दुवै युवती मदिराले निकै मातिसकेका थिए ।

सुनुवाइको क्रममा क्रिस्टफले अगाडि थपे ‘अर्को म’दिराको बोतल किनेर घर फर्किएको केही समयपछि पीडित युवती बाथरुम गइन् । त्यही बेला बलरामले उनलाई पछाडिबाट धकेले तर उनले बलरामलाई रोक्ने प्रयास गरिन् । यतिबेला पीडित युवतीले कोठामा हेर्दा देखिन् कि उनकी अर्की साथी बान्ताको बीचमा काउचमा लडेकी थिइन् । यसपछि पीडित युवती पनि बेहोस भइन् ।’

क्रिस्टोफका अनुसार उनी बेहोस भएपछि बलरामले उनको यौ’न शोषण गरे र यही क्रममा उनी होसमा आइन् । होसमा आएपछि पीडित युवतीले बलरामलाई ‘मैले यस्तो गर्न चाहन्न’ भनेकी थिइन् । बलरामका वकिल क्रिस्टोफर वाटसनले बलराम र उजुरीकर्ता महिलाबीच यौ’निक सं’सर्ग भएको स्वीकार गर्दै यो सहमतिमा भएको दावी गरे । ‘त्यहाँ जबरज’स्ती केही पनि भएको थिएन, उनले उजुरीकर्तालाई केही पनि गर्न बाध्य पारेका थिएनन्’ वाटसनले भने ‘हामी भन्छौं उजुरीकर्ता स्वेच्छाले यौ’निक सं’सर्गमा सहभागी भएकी थिइन् ।’

प्रोसिक्युटर क्रिस्टोफले भने पीडित त्यो समयमा मदिराले मातेको अवस्थामा भएकोले स्वेच्छाले यौ’नकार्यमा सहभागी हुने स्थितिमा नभएको दावी गरे । उनले पीडित बेहोसीबाट होसमा आउँदा आफूले यस्तो गर्न नचाहेको भन्दै आफ्नो कुरा राखिसकेकोले यो स्वेच्छाबाट नभएको दावी गरे । सुनुवाइ जारी रहनेछ ।

यो पनि दुःखद खबर पढ्नुहाेस्

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीमा साउन ७ गते छुट्टै उमंग थियो । अन्य दिनभन्दा सवेरै उठेर उनले गाउँ चहारे । सुतेउनको योजना थियो– स्यार्पुतालमा माछा मार्न जाने । वर्षाको समयमा बिहान धेरै माछा मार्न सकिन्छ । यसैले पनि अनिल साथीहरुलाई छिटो गर्न भनिरहेका थिए । १२/१५ जना साथीहरु भेला भएपछि झोलामा रोटी बोकेर माछा मार्न स्यार्पुतालको ५ नम्बर वडातर्फको क्षेत्रमा पुगे । स्यार्पुतालमा मिसिने खारखोलामा माछाका आहारा किरा खोज्ने र त्यही तालमा खोला मिसिएको ठाउँ आसपास माछा मार्ने योजनामा अनिल र उनका साथीहरु त्यहाँ पुगेका थिए ।

तर, न त्यहाँ मारिएका माछा उनीहरुले खान पाए, न घरसम्म ल्याउन पाए । खान भनि घरबाट लगेका रोटीसमेत खान पाएनन् । बिहान उमंगमा गएको छोरालाई परिवारले देख्नसमेत पाएनन् । अनिल एक्लो छोरा थिए घरका । बाबु ७० वर्ष पुगेका छन्, तीनजना दिदीबहिनी । आमा सानो उमेर छँदै बितिन् । परिवारका सबै सदस्य विक्षिप्त छन् । अनिलसँगै माछा मार्न गएका अर्जुन भनेर चिनिने २३ वर्षीय लोकबहादुर घर्तीको घरमा पनि उस्तै बज्रपात परेको छ ।का साथीलाई उठाए । उनीहरुलाई तयार हुन भने । उनी आफू पहिल्यै तयार भइसकेका थिए ।

डेढ वर्षीय छोराका बाबु लोकबहादुर त माछा मार्न भनी हिँडिसकेपछि बाटैबाट फर्केर समेत आएका थिए । तर, फेरि साथीभाईको सल्लाहमा गएका थिए । घर आएर उनले श्रीमतीलाई ‘आज जाँगर लागेन, जान्न’ पनि भनेका थिए । पछि फेरि साथीभाईको आग्रहमा फेरि स्यार्पुताल हिँडेका थिए । दोहोर्‍याएर गएका उनी आखिरीमा फर्केरै आएनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!