Tuesday, August 11, 2020
Home > समाचार > बिहानै डडेल्धुराबाट आयो यस्तो दुःखद खबर

बिहानै डडेल्धुराबाट आयो यस्तो दुःखद खबर

डडेल्धुरा ।

डडेल्धुरा जिल्लाकाे नवदुर्गा गाउपालिकाकाे जङ्गलबाट ल्याएकाे जङ्गली च्याउ खाँदा एक बालकको मृ’त्यु भएको छ भने चार जना बिरामी भएका छन् ।

नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो।

उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!