Tuesday, August 11, 2020
Home > भिडियो > यी युवतीको हट बेली डान्स एकाएक बन्यो भाइरल (भिडियो हेर्नुहोस)

यी युवतीको हट बेली डान्स एकाएक बन्यो भाइरल (भिडियो हेर्नुहोस)

आजभोलि समय र प्रविधिको बिका’ससंगै सामा’जिक संजालमा टिक टकको पनि उतिकै चलेको छ । टिकटकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो भिडि’यो सवैको मन मुटुमा बसेको छ ।नेपालीको तथा संसारको हरेक व्यक्ति’ले चलाउने यापलाई सहि तरिकाले चलाउन सक्ने’ हो भने पनि उतिकाओ सहज र सजिलो हुन्छ ।

यो एउटा मनोरन्जनको सानो पाटो हो ।जसमा बिभि’न्न किसिमका भिडियो भाईरल हुदै आउछन ।चलेका गीतसं’गीत देखि रिय’ल कुरा सम्म पोस्ट गर्न सकिन्छ । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक डाउनलोड गर्ने’को संख्या १ अर्ब ५० करोड पुगेको छ ।

*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

चर्चित यो भिडियो पनि हेर्नुस्

राेचक प्रसङ्ग, अवस्य पढ्नुहाेला ।

आरतीको बिहे भयो बिहेपछि हरेक दिन अलिकति विष,आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य कष्टकर हुने देखियो । सासू पुरानो विचारकी, बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र ? दिनहुँ भनाभन हुन थालिहाल्यो ।

दिन बिते, महिना बिते र वर्ष पनि बित्यो । न त सासूले बुहारीका विषयमा तीता टीकाटिप्पणी गर्न छाडिन् न त बुहारीले मुख फर्काउन । समस्या झन्भन्दा झन् खराब हुँदै गयो । आरती आफ्नी सासूलाई एकदम घृणा गर्न थालिन् । जब समाजका अन्य मानिसका अगाडि उनले सासूप्रति आदरभाव र शिष्टता प्रकट गर्नुपर्ने अवस्था आइलाग्थ्यो, उनलाई असह्य हुन्थ्यो । उनी सासूबाट छुटकारा पाउने उपायका बारेमा सोच्न लागिन् । तर हाम्रो समाज यही हो, भनेजति सजिलै सासूबाट मुक्ति मिल्दैन । त्यसमाथि लोग्नेले त्यस समस्यालाई वास्तै गरिदिएन भने नारी एक्लैले विद्रोह गरे पनि केही हुनेवाला छैन ।

एक दिन उनको सासूसँग निकै नराम्रो गरी झगडा भयो । लोग्नेले आमाको पक्षमा लागेर उनैलाई दोषी भनिदिए । उनी निराश, दुःखी र क्रोधित भएर माइत पुगिन् । आरतीका पिता आयुर्वेदका डाक्टर थिए । उनले पितालाई आफ्नो दुखेसो रुँदैरुँदै सुनाइन् । अन्त्यमा उनले भनिन्– ‘हजुरले अब मलाई कुनै कडा विष दिनुपर्यो । म त्यस दुष्ट बूढीलाई खानामा मिलाएर खुवाइदिन्छु । विष दिनुहुन्न भने म त्यस घरमा अब कहिल्यै पाइलो राख्तिनँ ।’

पितालाई छोरीको दुःखले दुःखी बनायो । उनले छोरीलाई प्रेमपूर्वक शिरमा थप्थपाए । उनले भने– ‘छोरी ! तिमीले आफ्नी सासूलाई विष खुवाएर मार्यौ भने ढिलोचाँडो पुलिसले पत्ता लगाएरै छाड्छ । तिमी जेल जानेछौ र मलाई पनि पुलिसले जेलको ढोकाबाट भित्र छिराउनेछ, किनभने विष दिएर षड्यन्त्रमा सघाएको आरोप मलाई पनि लाग्नेछ । यसो गर्नु ठीक हुँदैन ।’तर आरती आफ्नो ढिपीमा अडिग रहिन् । उनले भनिन्– ‘हजुरले मलाई विष दिनैपर्छ । जस्तोसुकै आपत् आइलागोस् बरु, तर अब म त्यस बूढीको मुख हेर्न चाहन्नँ ।’

पिताले केहीबेर सोचेपछि भने– ‘त्यसो भए तिम्रो खुसी ….। म के गर्न सक्छु र ? तर तिमीलाई पुलिसले हत्कडी लगाएर जेलमा हालेको देख्न म सक्तिनँ । मैले जसो भन्छु त्यसो गर्छौ भने मात्र म तिमीलाई विष उपलब्ध गराउन सक्छु । हुन्छ भने ‘हुन्छ’ भन …।’

‘मैले के गर्नुपर्छ त ?’ आरतीले भनिन् ।पिताले विषको एउटा पुरिया हातमा दिँदै भने– ‘तिमीले हरेक दिन यो विषको एक चिम्टी मात्र सासूको खानामा सुटुक्क मिसाउनुपर्छ । विषको यति थोरै मात्राले कोही मरिहाल्दैन, बरु बिस्तारैबिस्तारै नजानिदो गरी शरीर शिथिल हुन्छ, भित्रभित्रै ऊ रोगाउँदै जान्छ र छ महिनाजतिमा मानिस मर्छ । तिम्री सासूलाई तिमीले दिनहुँ अलिअलि विष खुवायौ भने उनी विषका कारणले हैन प्राकृतिक कारणले मरेकी हुन् भनेर सबैलाई विश्वास हुन्छ ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!