Tuesday, August 11, 2020
Home > अन्तराष्ट्रिय > ऐश्वर्याले कोरोनालाई जितेर घर फर्किदा अभिषेक र अमिताभ यस्तो अवस्थामा

ऐश्वर्याले कोरोनालाई जितेर घर फर्किदा अभिषेक र अमिताभ यस्तो अवस्थामा

एजेन्सी ।
चर्चित नायिका ऐश्वर्या राय वच्चन र उनकी छोरी आरध्याले कोरोनालाई जितेर घर फर्किदा उनका पति अभिषेक र ससुरा अमिताभ भने अस्पतालमा नै उपचाररत छन् । १५ दिन अघि अस्पताल भर्ना भएका पति र ससुराको नानावती अस्पतालमा उपचार जारी नै रहेका बेला ऐश्वर्या डिस्चार्ज भएपछि फ्यानले अभिषेक र अमिताभको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना संक्रमणको सिकार भएर १० दिनअघि अस्पताल भर्ना भएकी बलिउड नायिका ऐश्वर्या राय वच्चन अस्पतालबाट डिस्चार्ज भए लगत्तै ऐश्वर्याका पति तथा नायक अभिषेकले खुशी हुँदै पत्नि र छोरी घरका लागि निस्किएको एक ट्विट मार्फत जनाएका छन् ।

ट्विटमा उनले खुशी ब्यक्त गर्दै आफ्नो परिवारको लागि स्वास्थ्यलाभको कामना गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै ऐश्वर्या र आरध्या अब घरमा नै बस्ने जनाएका छन् ।कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेपनि उनी ससुरा अमिताभ र पति अभिषेकभन्दा केही दिन ढिलागरी अस्पताल भर्ना भएकी थिइन् ।

भारतमा कोरोनाको महामारी बढीरहेका बेला सेलीब्रेटीमा पनि एकपछि अर्को गर्दै संक्रमण बढीरहेका बेला वच्चन परिवारका जया बाहेक सबै सदस्यमा संक्रमण पुष्टी भएपछि मुम्बईको नानवती अस्पतालमा भर्ना भएर उपचार गराएका हुन् ।सोही अस्पतालमा उपचाररत अमिताभ र अभिषेकको यसअघि डिस्चार्जको खबर आएको भएता पनि अमिताभले आँफु अस्पतालमा नै रहेको पुष्टी गर्दै समाचारको खण्डन गरेका थिए ।

यसैबिच अभिषेकले आज पोष्ट गरेको ट्विटमा आँफु र आफ्ना पिता अमिताभ भने चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने उल्लेख गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!