Sunday, November 28, 2021
Home > समाचार > निर्मलाको शव भेटिएको ठाउँमा नजानुको कारण बारे एसपीले मुख खोले

निर्मलाको शव भेटिएको ठाउँमा नजानुको कारण बारे एसपीले मुख खोले

एसपी विष्टको बयान–आन्दोलन र भीडका कारण निर्मलाको शव भेटिएको स्थानमा १४ गतेसम्म नगएको हुँ ! काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्ड छानबिन समितिसमक्ष तत्कालीन एसपी डिल्लीराज विष्टले आन्दोलन र भीडका कारण निर्मलाको शव फेला परेको स्थानमा आफू साउन १४ गतेसम्म नगएको बयान दिएका छन् ।

समितिसँगको बयानमा भनेका छन्–वम दिदीबहिनीालई प्रारम्भिक सोधपुछ गर्दा कुनै प्रमाण नभएकाले हाजिरी जमानीमा छाडिएको हो । मैले जानकारी पाएअनुसार नरेश बमबाहेक अन्य कुनै केटा पनि बम दिदीबहिनीको घरमा गएका छैनन् ।

अनुसन्धानको टोलीमा प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट र अनुसन्धान अधिकृतको रुपमा एकिन्द्रबहादुर खड्काको टोली शव भेटिएको स्थानमा गएको थियो ।

आन्दोलन र भीडको कारण २०७५–०४–१४ गतेसम्म शव भेटिएको स्थानमा नगएको हुँ । डिकरदेव पन्त ईन्टेलिजेन्सको कार्यमा दक्ष भएकाले अनुसन्धान टोलीमा खटाइएको हो । मैले मिति २०७५–०५–०७ गते गोली चलाउन आदेश दिएको होइन ।८ गते म स.प्र गण मु का धनगढीमा कार्यरत थिए ।”

Leave a Reply

error: Please Dont Copy My Content!! !!